१ करोड १८ लाख तेत्तिस हजार ५ सय छपन्न रुपैया बक्यौता असुली


नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले यस आर्थिक वर्षको श्रावण देखि माघ महिना सम्म १ करोड १८ लाख तेत्तिस हजार ५ सय छपन्न बक्यौता असुली गरेको छ ।
विद्युत प्राधिकरणले ६० दिन माथी कटेकोे र धेरै रकम वक्यौता रहीे महशुल नतिरेको ग्राहकको लाईन काटेको हो । कुल ९८४ जना ग्राहकको लाईन काटेको प्राधिकरणले यस अवधीमा ७९८ जना ग्राहकको पुन लाईन जोड्दा वक्यौता वापतको उक्त रकम उठाएको हो ।
प्राधिकरणले यस आर्थिक वर्षको श्रावणमा ७१ जना ग्राहकवाट दश लाख ९८ हजार ६ सय एकासी रुपैया, भाद्र महिनामा ५४ जना ग्राहकवाट १० लाख १ हजार ४ सय छयहत्तर रुपैया, असोज महिनामा ५६ जना ग्राहकवाट१७ लाख १३ हजार ४सय पैतिस रुपैया, कार्तिक महिनामा १११ जनावाट १४ लाख ४९ हजार ८ सय अठहत्तर रुपैया, मंसिर महिनामा ९६ जनावाट १५ लाख ९२ हजार ५ सय अठासी, पौष महिनामा ५६ जना ग्राहकवाट ७ लाख पन्ध्र हजार ७ सय पन्चानव्वे रुपैया र माघ महिनामा ३५४ जना ग्राहकवाट ४२ लाख ६१ हजार ७ सय नौ रुपैया गरि कुल १ करोड १८ लाख तेत्तिस हजार ५ सय छपन्न वक्यौता असुल गरेको हो ।


प्राधिकरणले अािर्थक वर्ष ०७९।०८० मा पनि ७८६ जना ग्राहकवाट १ करोड ८४ लाख ६५ हजार ४ सय वाउन्न पुरानो वक्यौता असुल गरेको थियो ।
विद्युतको उपयोग गर्ने तर समयमा भुक्तानी नगर्ने ग्राहकको विद्युत सेवा अवरुद्ध गरि वक्यौता रकम असुली गरेको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले वताए । विद्युत महशुल वक्यौताअसुली कार्य अभियानको रुपमा वढेको हुदाँ नियमानुसार, हर्जाना सहित असुल गरेको उनको भनाई थियो । नेपाल विद्युत प्राधिकर केन्द्रको निर्देशन वमोजिम नै लामो महिना देखी महशुल वाकी रहेको र धेरै रकम बक्यौता हुनेको विद्युत सेवा अवरुद्ध गरि वक्यौता असुल गरेको रेग्मीले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.