धुवाँले निस्सासिएको त्यो पल जन्मभूमिलाई सम्झेर कति आनन्दको !

वनमा डढेलो लागिरहेको थियो तर त्यो आगोले मलाई जलाइरहेको थियो ! प्रकृतिलाई माया गर्ने म, उजाड पाखामा विरुवा भरेर धर्तीभरी स्वर्ग सजाउँछु भन्दै कुदिहिँड्ने म ! मेरो आखै अगाडि रुखहरु जलिरहेको देख्दा मेरो आफ्नै शरीर दनदनी जलिरहेको महशुस भयो ! त्यो वन सङ्ग सङ्गै जनतालाई पानी खुवाउन भनी जोडिएको खानेपानीको नाला जलिरहंदा मेरो मुटु जलिरहे झैं लाग्यो ! दुईदिन दुईरात वनको डढेलो नियन्त्रणमा एकै मिनेस पनि नबिसाई दिनभरि अनि रातभरि खटिनु र घोटिनुमा मेरो अरु केही पनि स्वार्थ थिएन सिवास म आफुले आफैलाई बचाउनुको ! मेरो शरीर सङ्गै मेरो मुटु त्यसरी ह्वार्ह्वार्ती जलिरहंदा म निदाउन सक्ने कुरै भएन ! केही कठीन कार्य गर्न सक्ने क्षमता भएका साथीहरुले मलाई साथ दिए ! उनीहरुलाई कति निद्रा थकान त प्यास लाग्यो होला मैले सोच्न सकिनं सोचेर पनि के गर्नु त ! जलेको हात र रापिएको अनुहार अनि काँडाले घोचिएको खुट्टा लिएर ठिकै छ खास दु:ख छैन भन्ने ती साथीहरु महान छन् !

बिना पानी तातोघाममा हावाले आगोको लप्का आफुतिर हुत्याएर ल्याउँदा धुवाँले निस्सासिएको त्यो पल जन्मभूमिलाई सम्झेर कति आनन्दको ! ओठ्सुकेर पसिना पनि निस्कन छोड्ने स्थिति हुँदाको त्यो पल जन्मभूमिलाई सम्झेर आनन्दको ! व्यक्ती सङ्ग रीस होला तर पानीको नालाको केही दोषछैन, त्यस्लाई छोड्दिनु ! जनतालाई पानी खुवाएको देख्न नसक्ने मेरो विरोधीहरुलाई मेरो भन्नु यति मात्रै छ कि जनताको सेवा गर्दा खुट्टा नत्तान्ने , विरोध नगर्नु, जाल साज नगर्नु !

यसरी वन दनदनी बलिरहेको देखी देखी पनि सम्बन्धित निकाय वन कार्यालय, सामुदायक समितिहरु साथै स्थानीयहरु समेत कोही नआउँदा त मलाई लाग्यो यो देश मलाई मात्रै चाहिएको रैछ ! हो नै पनि किनकि मलाई बचाउन को नै पो आउँछ र यहाँ यो त मेरो शरीर जलिरहेको किस्सा न थियो मेरो आफ्नो मुटु जलिरहेको किस्सा न थियो यो ! बधाइ छ त्यसलाई जस्ले मलाई असफल बनाउन यी सब गरिरहेको छ ! बधाइछ तिम्लाई मलाई जलाउन सकेकोमा, हार्दिक बधाइ तर यति कुरा बुझ तिम्लाई इतिहासले अनि तिम्रो अन्तरआत्मैले संधैव धिक्कार्नेछ !

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.