अपाङ्गको अधिकारको लागि दुई जना युवाहरुले काठमाण्डौदेखी पोखरासम्म ह्विलचियरमा यात्रा गरेका छन् । चैत ३ गते काठमाण्डौको भृकुटीमण्डपबाट सुरु भएको यात्रा बुधवार दमौली आइपुगेको हो । दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने नाराका साथ दिवस परियार र आशिष भुजेल काठमाण्डौ पोखरा ह्वीलचियर मार्फत हिडेका हु्न । काठमाण्डौ पोखरा ह्वीलचियर यात्रा गर्दा अन्य अपाङ्गहरुलाई समेत आत्मबल बढाउने उदेश्यले कार्यक्रम गरिएको यात्रामा सहभागी दिवस परियारले बताए ।

यात्राको क्रममा कुनै समस्या पर्ने भएकाले दुई जना सहयोगीको सहित ४ जनाको टोली काठमाण्डौ पोखराको यात्रामा हिडेको हो । अपाङ्गता भएका व्यक्तिहरुले पनि महत्वपूर्ण काम गर्न सक्ने र फरक क्षमता भएका व्यक्तिलाई दया माया भन्दापनि अवसरको खाँचो रहेको यात्रामा सहभागी आशिष भुजेलले बताए । हरेक बन्ने नयाँ संरचना अपाङ्गमैत्री हुनुपर्ने, अपाङ्गताको अधिकारको कार्यान्यन हुनुपर्ने आफुहरुको माग रहेको उनिहरुको भनाई छ । दुई दिनमा पोखरा पुग्ने उनिहरुको भनाई छ ।









