चक्कु प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । शुक्रवार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका ६ घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ९ घारी स्थित छोरी रस्मी बि.क.को घरमा बस्दै आएका ७६ को राप बहादुर बि.क.लाई उनकै छोरा २६ बर्षिय दिपक बिकले धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेका थिए ।
बुवालाई चक्कु प्रहार गरी हत्या गरेका विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताए । उक्त घटनामा संलग्न दिपक बि.क.लाई पक्राउ गरी उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी दिपक कुमार रायले जानकारी दिए ।








