प्रथम म्याग्दे महोत्सवमा दर्शकको घुईचो ।


कला र संस्कृतिको संरक्षण आर्थिक समाजिक कृषि पर्यटनको प्रवद्र्धन भन्ने मुल नाराका साथ शुरु भएको प्रथम म्याग्दे महोत्सवमा उल्लेख्य मात्रामा दर्शकको घुईचो लागेको छ । थर्पृु युवा क्लवको आयोजना र म्याग्दे गाँउपालिका संरक्षक रहेको महोत्सव जेठ २५ गते देखि शुरु भई असार २ गते सम्म चल्नेछ ।
स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने उद्येश्य स्वरुप गरिएको महोत्सवमा स्थानिय कलाकार, गीत तथा संगितलाई प्रशय दिईएको आयोजकले जनाएको छ ।


महोत्सववाट टिकट विक्रीको २ प्रतिशत आम्दानीवाट शिक्षा, कृषि र स्वास्थ्यमा लगानी गर्ने, स्थानिय वजारको व्यवस्थि तगर्ने, कृषि तथा घरेलु उत्पादनलाई प्रशय दिई निशुल्क स्टलको व्यवस्थापन गर्ने, पालिका भित्रको दर्घरोगीलाई आर्थिक सहयोग गर्ने, क्लवको नेतृव्वमा वन्न लागेको खेल मैदानलाई अगाडी वढाउन प्राकृतिक सम्पदाको प्रर्वद्धन गर्ने, धार्मिक तथा होम स्टेको संरक्षण गर्ने उद्येश्य राखेर महोत्सवको आयोजना गरिएको आयोजकले वताएको छ ।


महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त गायक तथा स्रष्टाहरु प्शुपति शर्मा, समीक्षा अधिकारी, रचना रिमाल, ज्योति मगर, जगत गौडेल, श्याम राना, याम नेपाली ढाकाराम पौडेल, लगायतले आफनो प्रस्तुती प्रर्दशन गरिसकेका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.