पोखरा आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग


लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय  परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यू, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग  गरेको हो ।

लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर रिमाल, चित्र बहादुर गुरूङ, माया बराल लगायत सहभागी बनेका थिए । कार्यक्रमको सहजिकरण लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीका सचिव देविका कार्किले गरेकी थिइन् ।

 आध्यात्मिक ज्ञानको माध्यमवाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै धर्म संस्कृतिको जगेर्ना  गर्ने तथा असाहयहरूलाई शिक्षा प्रदान गर्दै आएको आश्रममा ६५ जना बटुकहरू अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.