बन वातावरण तथा लागु औषध सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


व्यास नगरपालिका वडा नं ५ को आयोजना र आर्दश युवा क्लव पतेनीको सहकार्यमा व्यास ५ को पराशर माविमा वन, वातावरण तथा लागु औषध सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पराशर माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिरा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख ईन्दिरा दरैले कार्यक्रमको उद्घाटन गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख दरैले विद्यालय स्तरवाट नै विद्यार्थीलाई लागु औषधको दुव्र्यसनीको विरुद्धको शिक्षा दिनुपर्ने वताए । लागु औषधको सेवन र निरन्तर प्रयोगले जीवन वर्वाद हुने हुदाँ वालवालिको भविश्य निर्माणका लागी सवै पक्ष जिम्मेवार वन्नु पर्ने वताए ।


जिल्ला प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक चिरन्जिवी घर्ति मगर, संगिता तामाङ थापाले विद्यार्थीहरुलाई लागु औषधीले पार्ने असरका वारेमा प्रशिक्षण दिएका थिए ।
यसैगरि वन कार्यलयका प्रतिनिधीले वन तथा वातावरणीय प्रभावले मानव जीवन र समाजमा पार्ने दीर्घकालिन असरका वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
विद्यार्थीका लागी गरिएको अन्तरक्रिया कार्यक्रममा व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले आर्दश युवा क्लवले गरेको कार्य अति नै सहनिय भएको हुदाँ अगामी दिनमा पनि सकारात्मक कार्यक्रममा सधै साथ र सहयोग हुने वताए । कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरुले आफनो धारणा राखेका थिए ।


आर्दश युवा क्लवका सचिव राजकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा क्लवका अध्यक्ष सुरेन्द्र अधिकारीले कार्यक्रमका वारेमा प्रकाश पारेका थिए । ३ दिन सम्म चल्ने अन्तरक्रिया कार्यक्रम २२ गते उदय माध्यामिक विद्यालय र २३ गते व्यास ५ को जनजुक्त माध्यामिक विद्यालयमा संचालन हुने क्लवका कोषाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.