व्यास गुफा परिसरमा शुरु भएको १ महिने अखण्ड हवन

तनहुँ ।

तनहुँ दमौलीको व्यास गुफा परिसरमा श्रावण १ गतेदेखि हुन लागेको चौविस घण्टे १ महिने अखण्ड, असंख्य हवन शूरुवात भएको छ । गूरुपुर्णिमाको दिन शुभसाईत गरिएको उक्त हवन कार्यक्रम आज साउन १ गतेबाट बिधिवत् सन्चालनमा आएको छ । उक्त चौविस घण्टे १ महिने अखण्ड, असंख्य हवन कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुजा तथा हवन गरि शुरुवात गर्नुभएको थियो ।

दमौली तनहुँमा रहेको वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले आयोजना रहेको उक्त कार्यक्रममा स्वदेशका साथै विदेशबाट पनि श्रद्धालुहरु आउने भएको र चौविस घण्टे १ महिने अखण्ड हवन नेपालमा नौलो र धर्म संस्कृतिको संरक्षणको लागि आवश्यक भएकोले आयोजना गरिएको वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका संरक्षक ध्यानाचार्य सद्गुरु जय श्री हरि खेमराजले जानकारी दिनुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठ, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतका अन्य विशिष्ठ महानुभावहरुको सहभागिता रहेको प्रतिष्ठानका संरक्षक ध्यानाचार्य सद्गुरु जय श्री हरि खेमराजले जानकारी दिनुभएको छ । कुलदोष, पितृदोष, जिवनमा गरिएका असंख्य भुलुचकबाट मुक्ति र परलोक बसाई सुधारका लागि गरिएको हवन कार्यक्रम अविछिन्न रुपमा श्रावण ३१ गतृसम्म संचालन हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.