वि वि श्रेष्ठ
दमौली
युवा नेता डम्वर अधिकारीले अगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा चुनावमा तनहुँको क्षेत्र नं १ (२) वाट प्रदेशसभामा आफनो उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काग्रेसले अगामी निर्वाचनमा पार्टीको तर्फवाट हुने उम्मेदवारी दर्ता सुचीमा अधिकारीले आफनो उम्मेवारी दर्ता गरेका हुन् ।
अवको नेतृत्व युवाले गर्न पाँउदछ, युवा पुस्ताको नेतृत्वले मात्र समाज रुपान्तरण गर्न सकिन्छ, अधिकारीले दावी गरे । सधै एउटै नेतृत्वले आम काग्रेस पार्टी र जनतामा नैराश्यता आएको हुदाँ अव पुरानो नेतृत्ववाट परिवर्तन सम्भव नहुने समेत अधिकारीले वताए । नेपाली काग्रेस लोकतन्त्रका लडेको पार्टी हो । लोकतन्त्रमा सवैको विचारको सम्मान हुनपर्दछ । पार्टी सवैको हुनुपर्दछ, त्यसका लागी पनि नयाँ पुस्ताको नेतृत्व आवश्यक छ, अधिकारीले भने ।
आफनो उम्मेदवारी सवैको विचार, भावना र सम्मानको लागी हो । पार्टीभित्र अधिनायकत्व हावी भएको र त्यसले पार्टीलाई कमजोर वनाएको अधिकारीले दावी गरे । अवको काग्रेस सवैको वनाउन पनि अव पुरानो पुस्ताले युवालाई अवर दिनुपर्ने अधिकारीले वताए ।
२०४६ सालदेखि नै विद्यार्थी आन्दोलनदेखि नै नेविसंघको आन्दोलनवाट राजनितीमा होमिएका अधिकारी पृथ्वी नारायण क्याम्सलको ईकाई सदस्य, नेका व्यास नगर समितीका पुर्व सचिव, नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ तनहुका पुर्व अध्यक्ष हुदै हाल नेपाली काग्रेसको जिल्ला सदस्यको रुपमा क्रियाशिल रहेका छन् ।
सोही क्षेत्रमा गण्डकी प्रदेशका पुर्व मन्त्री हरिवहादुर चुमानले पनि प्रदेशसभामा आफनो उम्मेदवारी दर्ता गरेका छन् ।








