रामचन्द्र पौडेलको भविश्यवेत्ता…….?

वि वि श्रेष्ठ

नेपालको राष्ट्रिय राजनितीमा राम्रो छवि वनाएका रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा भने आलोचित छन् । नेपाली काग्रेसको राजनितीमा जीवन विताएका पौडेल यहि मंसिर ४ गते हुने संघिय निर्वाचनमा अन्तिम चुनावी मैदानमा होमिने कसरतमा छन् । यसैका लागी पौडेल विगत केही महिनादेखी जिल्ला दौडाहामा व्यस्त छन् । २०७४ को संघिय निर्वाचनमा वाम गठवन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठसँग फराकिलो मतान्तरले पराजित भएपछि राष्ट्रिय राजनितीमा नै कमजोर वनेका पौडेल अव हुने निर्वाचनमा त्यो कमजोरी हुन नदिन जोडतोडका साथ लागिरहेका छन् ।
करिव ८ दशकका समिपमा रहेका पौडेल तनहुँका राजनितीमा किन यति धेरै कमजोर वने ? तनहुँ जस्तो काग्रेसको गढ मानिने जिल्ला, त्यसमा पनि पौडेलको चुनावी क्षेत्रमा पौडेलको शर्मनाक हारको समिक्षा विना अवको निर्वाचन पनि पौडेलको लागी सहज हुनेछैन । त्यसका लागी पौडेलले ईतिहासको पुनरावृत्ति गर्नु आवश्यक देखिन्छ । विगतको समिक्षा विनाको निर्वाचनले अन्तत पौडेललाई थप कमजोर वनाउनेमा कुनै शंका छैन ।
तत्कालिन समय २०४८ सालमा तनहुँको निर्वाचन क्षेत्र ३ वटा रहदाँ पौडेलले निर्वाचन क्षेत्र नं १ वाट जित हासिल गरे । त्यहि वाट शुरु भएको पौडेलको संसदीय राजनिती अनवरत रुपमा चलिरह्यो । राष्ट्रिय राजनितीमा संघर्ष वाट उदाएका पौडेल त्यसपछि फेरि २०५१ सालमा भएको चुनावमा तनहुँको क्षेत्र नं २ वाट चुनाव भारी मतले जिते । २०४८ सालमा नै पहिलो पटक संसदीय चुनाव जितिसकेपछि नै राष्ट्रिय राजनितीमा पकड वनाएका पौडेल २०४९ सालमा पहिलोपटक स्थानिय विकासमन्त्री वने । तर त्यो सरकार विवादित वनेपछि सरकारवाट वाहिरिएका पौडेल २०५१ सालमा भएको चुनावमा जित हासिल गरेर राजा विरेन्द्रको शासनकाल र शेर वहादुर देउवाको प्रधानमन्त्रीकालमा २०५१ सालदेखि २०५५ सालसम्म प्रतिनिधीसभाको सभामुख वने । २०४८ साल देखि नै संसदीय प्रतिनिधित्व गर्देे २०४९ सालदेखि नै सरकारमा रहेका पौडेल २०५६ देखी ०५८ सम्म ज्ञानेन्द्रशाहको शासनकालमा र गिरिजाको प्रधानमन्त्रीकालमा उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको वागडोर सम्हाले । त्यसपछि देशका नै शक्तिशाली वनेका पौडेल भने गृहजिल्ला तनहुँका सवैभन्दा आलोचित पात्र वनेका छन् । २०५९ सालमा शान्तिमन्त्री वनेका पौडेल सत्ताको भरपुर स्वाद चाखेका नेता हुन् । पटक पटक संसद, सत्ता र नेपाली काग्रेसको मुल नेतृत्वमा रहेर काम गरिसकेका पौडेल यति धेरै कमजोर कसरी भए ? सायद पौडेलले नै समिक्षा गर्न सक्लान् ?
लामो समयसम्म पनि संसद, सरकार र पार्टी नेतृत्वमा वसेका पौडेलको जिल्ला र क्षेत्रको जनताको आम प्रश्न यहि हो । यो प्रश्न जिल्लाका प्रतिपक्ष पार्टीका नेता र कार्यकर्ताको प्रश्न मात्र नभई काग्रेसमा लामो समयसम्म त्याग, तपश्या र योगदान गरेका नेता कार्यकर्ता र आम जनताको पनि हो । अवसर प्राप्त नगर्नु अलग विषय हो, तर अवसरको वाढी लाग्दा पनि जिल्लामा सिन्को समेत भाँचेनन भन्नेको भीडले पौडेललाई सधै प्रश्न सोधिरहन्छ । केही वर्ष अगाडी सम्मको यहि प्रश्नमा म देशका नै नेता हुन्, गाँउ, क्षेत्र र जिल्लामात्र हेर्न मलाई फुुर्सद कहाँ हुन्छ भनेर अभिव्यक्ति दिने पौडेल भने पछिल्लो समय गाँउमा नै वसौ वसौ भन्ने अभियानका साथ चुनावी क्षेत्रका टोल दौडदाडाहामा व्यस्त देखिन्छन् ।
आम जनता, कार्यकर्ता के चाहन्छन् भन्ने कुराको भेउ नपाएका पौडेल अव हुन संघिय निर्वाचनमा अन्तिम पटक जित्ने दाउमा छन् । पौडेलका यो दाउ भने सहज छैन । नेपालका राजनितीमा शशक्त हैसियत वनाएका गोविन्दराज जोशी उसको सवैभन्दा ठुलो तगारो हो । जोशीका तगारो हटाउन सकेन भने पौडेलको जितेरमात्र मर्ने चाहना सहज हुने छैन । आम संचारकर्मीको वीचमा आफनो निर्वाचन क्षेत्रवाट जितेर मात्र मर्ने चाहना रहेर पौडेलले पटक पटक सार्वजनिक गरिसकेका छन् । एउटै जिल्ला, त्यसमाथी एउटै क्षेत्र भएका जोशीका प्रमुख अभियान भनेको नै पौडेल हराउन अभियान हो । पौडेलको जित्ने अभिलाषा पुरा गर्न पनि जोशीलाई मिलाउनुको र कमजोरी स्वीकार गर्नुको विकल्प छैन, जुन पौडेलवाट उपेक्षित छैन ।
२०५६ सालको चुनावमा तनहुँ क्षेत्र नं २ मा जितेका पौडेले त्यसपछिको पहिलो संविधान सभाको चुनाव २०६४ सालमा पुन क्षेत्र नं २ वाट चुनाव जिते । त्यसलगतै २०७० को दोश्रो संविधान सभाको निर्वाचनमा पनि क्षेत्र नं २ वाट चुनाव जितेका पौडेलले २०७४ सालमा भएको प्रतिनिधीसभाको निर्वाचनमा वाम गठवन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ सँग फराकिलो मतान्तरले हारे । हो, त्यहिवाट पौडेलको राजनैतिक ओरालो यात्राको परिणाम देखिन शुरु भयो । सरकारमा वस्ने तर गृहजिल्ला तनहुँमा सिन्को पनि विकास निर्माणका काम नगरेका पौडेल सादगी नेताका रुपमा चित्रित भएता पनि विकास र जनताको आवश्यकतामा भने मौन रहे । जसका कारण पौडेलको राजनिती करियरमा २०७४ सालको चुनावपछि ठुलो धक्का लाग्यो । सानो समुहमा रमाउने पौडेल आम जनताको आवश्यकतामा संवेदनशील हुन सकेन । पौडेलको सवैभन्दा कमजोरी यहि हो । जसका कारण तनहुँमा नेपाली काग्रेस कमजोर हुन पुग्यो । पौडेलको शासकिय क्षमता, आवश्यकता र विकास निर्माणलाई हेर्ने हो भने अरु त छाडौ पौडेलको गाँउ जाने मोटरवेवल पुल नहुँदा जनताका सास्ती ले नै पौडेलको विकास निर्माणको दृष्टिकोणलाई जिस्काएको छ ।
पौडेल सादगी र ईमान्दार नेता हुन् । यसमा दुई मत छैन, तर अवको जनताले त्यसलाई मात्र स्वीकार्न सक्दैन । आम जनताको न्युनतम आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणमा जनतासँग नहिड्ने हो भने पौडेलका लागी अवको चुनाव पनि फलामको चिउरा सावित हुनेछ । शक्ति र सत्तामा रहँदा जनताको भावनाको कदर नगरेका पौडेले केही महिनाको जिल्ला दौडाहाले पौडेलेका उम्मेदवारीलाई अनुमोदन गर्नेमा शंका छ ।
पौडेलका सवैभन्दा ठुलो कमजोरी भनेको राष्ट्रिय नेता भएता पनि जिल्लाका नेताको व्यवस्थापन गर्न नसक्नु हो । सधै आफनो शक्तिलाई मात्र सर्वेसर्वा ठान्ने पौडेलको राजनितीमा धाँवा वोल्ने पात्र हुन, गोविन्दराज जोशी । जोशीको व्यवस्थापन गर्न नसक्दा ०७४ सालमा लज्जाजनक हार व्यहोरेका पौडेल अव हुने चुनावमा जोशीको उचित सम्वोधन हुन सकेन भने पौडेलको आफनै निर्वाचन क्षेत्रमा जितेर मर्ने चाहना पुरा नहुन पनि सक्दछ । पटक पटक दुईतिहाई, वहुमत ल्याएको नेपाली काग्रेस आज कसैको वैशाखी चढेर हिड्न वाध्य वनाउने मध्येका एक पात्र पनि हुन् पौडेल । जसले विधि विधान र निर्णयको चर्को वकालत गर्ने तर पार्टी निर्णयको कार्यन्वयन नगर्ने पात्र पनि हुन पौडेल ।
गठवन्धनको चर्को नारा र यसका प्रणेता नै हुन् पौडेल । कसैलाई नचाहिएको गठवन्धन पौडेललाई चाहिएको छ । पौडेलको एकमात्र उद्येश्य भनेको गठवन्धनको नाममा जसरी पनि जित्ने । यहि अस्त्रवाट नै संजिवनीवुटी प्राप्त गर्न सक्ने सपना देखेका पौडेलले जवसम्म जोशीलाई मिलाउन सकिदैन, तव सम्म जित्न सक्दैनन । स्थानिय तहको निर्वाचनमा गठवन्धनका समाजवादीको करिव ९ सय भोटको आशा गरेका पौडेल जोशीको भोटलाई कमजोर आँकलन गरेका छन् । काग्रेसको लोकतन्त्र, समाजवाद पौडेलका लागी देखाउने अस्त्र मात्र वनेको छ । गठवन्धनको दल माओवादीको भोट ल्याएर चुनाव जित्ने सपनामा रहेका पौडेल विगत, वर्तमान र भविश्यको मुल्यांकन गर्न सक्ने ल्याकत राख्दैनन् ।

BB Stha

गठवन्धनको चर्को नारा र यसका प्रणेता नै हुन् पौडेल । कसैलाई नचाहिएको गठवन्धन पौडेललाई चाहिएको छ । पौडेलको एकमात्र उद्येश्य भनेको गठवन्धनको नाममा जसरी पनि जित्ने । यहि अस्त्रवाट नै संजिवनीवुटी प्राप्त गर्न सक्ने सपना देखेका पौडेलले जवसम्म जोशीलाई मिलाउन सकिदैन, तव सम्म जित्न सक्दैनन । जोशीको व्यवस्थापन गर्न नसक्दा ०७४ सालमा लज्जाजनक हार व्यहोरेका पौडेल अव हुने चुनावमा जोशीको उचित सम्वोधन हुन सकेन भने पौडेलको आफनै निर्वाचन क्षेत्रमा जितेर मर्ने चाहना पुरा नहुन पनि सक्दछ । पटक पटक दुईतिहाई वहुमत, एकल वहुमत ल्याएको नेपाली काग्रेस आज कसैको वैशाखी चढेर हिड्न वाध्य वनाउने मध्येका मुख्य एक पात्र पनि हुन् पौडेल ।


जित के का लागी ? गठवन्धनका मुख्य उद्येश्य र पौडेलको गठवन्धनका नारा तनहुँका जनताले नजिकसँग वुझिसकेका छन् । सधैको रुख र काग्रेस भन्ने सोच यो शताव्दीमा आस्थावान काग्रेस कार्यकर्तामा अmभै पनि छन् भन्ने दुविधामा रहनु पौडेलका अर्को कमजोर पक्ष हो । गठवन्धनको चर्को नाराले मात्र पौडेलका निरन्तरतामा आम माओवादीको भोट सति जान सक्दैनन् । केन्द्रको निर्देशन स्थानिय तहमा उल्लंघन गरेको वेगल्ती उदाहरण छन् । किनकी पौडेलको ल्याकत, योग्यता र क्षमता आम देश र विशेष गरि तनहुँका जनताले गरिसकेका छन् । योग्यता, क्षमताको मापन पटक पटक हुन सक्दैन । पौडेलका पक्षमा पनि यो लागु हुन्छ ।
काग्रेस तनहुँ क्षेत्र नं १ मा कमजोर छैन, यो सत्य हो । यो सँगै सत्य के पनि हो भने तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेल कमजोर छन् । पौडेल कसरी कमजोर भए ? यसको समिक्षा अव सायद कसैले गर्लान । यहि दुविधामा अल्झिएको पौडेलमा अर्को चुनौती भनेको युवा नेता तथा पुर्व वनमन्त्री शंकर भण्डारी र गोविन्द भट्टराईको उचित व्यवस्थापन पनि हो । जोशी त यसै विपक्षी वनिरहदाँ भण्डारी र भट्टराईको उचित व्यवस्थापन हुन सकेन भने गुट उपगुटमा विभाजित काग्रेस भण्डारी र भट्टराई वाट नै थप खतरा नहोला भन्न सकिदैन ।
यति धेरै चुनौतीको वीचमा हुन लागेको चुनावमा रामचन्द्र पौडेलले विगतको समिक्षा, कमजोरीको महशुश, जोशीसँगको सम्वन्ध विस्तार, भण्डारी र भट्टराईको व्यवस्थापन गर्ने सक्ने ल्याकत राख्लान् ? जीवनको लामो समय प्रजातन्त्र, लोकतन्त्र र विधिका शासनको लागी लडेका दावी गर्ने पौडेलले जितेर मात्र मर्ने अभिलाषा पुरा गर्लान् ?
वक्स १
काग्रेस तनहुँ क्षेत्र नं १ मा कमजोर छैन, यो सत्य हो । यो सँगै सत्य के पनि हो भने तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेल कमजोर छन् । पौडेल कसरी कमजोर भए ? यसको समिक्षा अव सायद कसैले गर्लान । यहि दुविधामा अल्झिएको पौडेलमा अर्को चुनौती भनेको युवा नेता तथा पुर्व वनमन्त्री शंकर भण्डारी र गोविन्द भट्टराईको उचित व्यवस्थापन पनि हो । जोशी त यसै विपक्षी वनिरहदाँ भण्डारी र भट्टराईको उचित व्यवस्थापन हुन सकेन भने गुट उपगुटमा विभाजित काग्रेस भण्डारी र भट्टराई वाट नै थप खतरा खतरा नहोला भन्न सकिदैन ।
वक्स २

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.