नेकपा (एमाले) प्रतिनिधि सभा क्षेत्र–२ निर्वाचन समन्वय कमिटीको पूर्ण वैठक सम्पन्न भएको छ । प्रतिनिधि सभा क्षेत्र–२ निर्वाचन समन्वय कमिटीको संयोजक राजेश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको वैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

वैठकले विभिन्न निर्णयहरु समेत गरेछ । जसमा ०८२ जेष्ठ मसान्त भित्र टोल अधिवेशन सम्पन्न गर्ने, पार्टीको केन्द्रिय भवन निर्माणका लागी प्रत्येक पार्टी सदस्यहरुवाट १ सय यहि असोज महिना भित्र संकलन गर्ने, ८१।०८२ सालमा पार्टी सदस्य वनेकाहरुको लेवी शुल्क यहि असोज मसान्त भित्र उठाउने निर्णय गरेको छ ।

त्यस्तै वैठकले जनप्रतिनिधीहरुको विशेष लेवी असोज महिनाभित्र जम्मा गर्ने, भदौ ३० र ३१ गते पुर्व जिल्ला प्रतिनिधी परिषदको वैठकको प्रचार प्रसार गर्ने, दशै तिहार पर्वको पालिकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम राख्ने र नयाँ पार्टी सदस्यहरुको लागी आधारभुत प्रशिक्षणको कार्तिक महिना भित्र राख्ने लगायतका निर्णयहरु गरेको छ ।

वैठकमा स्थायी कमिटी सदस्य किरण गुरुङले यहि २० गते हुने विधान सम्मेलनका वारेमा धारणा राखेका थिए, यसैगरि गुरुङले पुर्व राष्ट्रपति भण्डारी राजनितीमा प्रवेश गर्न नहुने धारणा राखे । देशको नै संविधानको संरक्षक वनिसकेको हुदाँ भण्डारीको सक्रिय राजनितीले आम जनतामा नै राजनिती प्रतिको वितृष्णा हुने हुदाँ पार्टीले वहाँलाई सम्मानित वनाएर राख्ने वताए ।

यसैगरि वैठकमा पोलिटव्युरो सदस्य टुकराज सदस्य, केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्ज केदार सिग्देल, प्रदेश सदस्य रत्नादेवी घिमिरे, श्रीप्रसाद श्रेष्ठ लगायतले धारणा राखेका थिए ।




