म्याग्देका सातै वडामा उपभोक्ता समितीको लागी अनुशिक्षण कार्यक्रम सम्पन्न

म्याग्दे

म्याग्दे गाँउपालिकाले ७ वटै वडा भित्र रहेको उपभोक्ता समिती र टोल विकास समितीका अध्यक्षहरुलाई अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७९।८० मा संचालन हुने योजनाहरुको उपभोक्ता समितीका पदाधिकारी र ८३ वटा टोलका अध्यक्षहरुलाईको लागी १ दिने अनुशिक्षण कार्यक्रम दिईएको हो ।
यहि भाद्र २५ गते वडा नं १ वाट संचालन भएको सप्ताहव्यापी अनुशिक्षण कार्यक्रम ३१ गते वडा नं २ को वडा कार्यलयमा सम्पन्न भएको छ । पालिकाभित्रका उपभोक्ता समितीका अध्यक्ष र सचिव का साथै ८३ टोल कमिटीका अध्यक्ष गरि ६३८ जना लाई तालिम दिईएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


अनुशिक्षण कार्यक्रममा यस आर्थिक वर्ष ०७९।०८० मा परेका योजना छनौट, यसका प्रकृति, सहभागिता र महत्वका वारेमा केन्द्रित गरिएको थियो । योजना छनौट हुने तर समयमा उपभोक्ता समिती सम्झौता गर्न नआउने र आएता पनि आर्थिक वर्षको अन्त्यमा आउँदा योजना नै अलपत्र पर्ने, गुणस्तर नहुने र रकम नै फ्रिज हुने समस्यालाई रोक्नका लागी उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रम दिईएको कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले वताउनुभयो । योजनाका नितिगत योजना र कार्यन्वयनका वारेमा समितीहरुलाई अधिकृत अधिकारीले जानकारी गराउनुभएको थियो ।


कार्यक्रम पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वडास्तरको वजेट, पालिका, प्रदेश र केन्द्रिय वजेटमा परेका योजनाका प्रकृति, यसको कार्यन्वयनका चरण देखि सम्झौता र रकम निकासा सम्मका वारेमा उपभोक्तालाई जानकारी गराउनुभएको थियो । योजना परेदेखि नै यसको प्रक्रिया नजान्दा उपभोक्ताले हैराने वेह्रोर्न परेको थियो, पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताउनुभयो । अनुशिक्षण कार्यक्रमले उपभोक्तालाई सहजीकरण गरेको र यसको कार्यन्वनमा सहयोग पुगेको उपाध्यक्ष घिमिरेले वताउनुभयो ।
यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मुख्य समस्या नै योजनकाको कार्यन्वयन भएको वताए । धेरैजसो उपभोक्तालाई प्रक्रिया नजान्दा हैराने वेहोरेको र सम्झौता भईहालेमा प्राविधिक पक्ष र कानुनी पक्षको जटिलताले झन्झट थपेको वताए । त्यसमाथी पनि उपभोक्ता समितीका सवै क्रियाशिल नहुँदा योजनाको गुणस्तर नभएको वताए । योजना पर्नु ठुलो हैन, यसको गुणस्तरीय कार्यन्वयन महत्वपुर्ण पाटो हुँदा यो अनुशिक्षण कार्यक्रमले उपभोक्ता र गाँउपालिकालाई उर्जा मिलेको वताउनुभयो ।
कार्यक्रममा योजनका प्राविधिक पक्षका वारेमा शाखा प्रमुख शिव ज्ञवाली, ईन्जिनियर रोमन पण्डितले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । यसैगरि योजना शाखा प्रमुख श्रीराम खनालले सम्झौताका चरणका वारेमा प्रकाश पार्नुभएको थियो । यसैगरि योजना सम्पन्न हुने र भुक्तानीमा आईपर्ने समस्याका वारेमा लेखा अधिकृत नवराज पोख्रेल र लेखापाल शिवजी थापाले प्रशिक्षण दिएका थिए ।


हरेक वडामा संचालन भएको उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रमको अध्यक्षता सोही वडाका वडाध्यक्षको अध्यक्षतामा संचालन भएको थियो भने संचालन योजना शाखाका प्रमुख श्रीराम खनालले सहजीकरण गर्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.