म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको पहिलो दिनमा ६७३ जना सेवाग्राहीले स्वास्थ्यसेवा लिएका छन् । शिविरको पहिलो दिन भएको वडा नं १ को मान्ह्रौ वाट सेवा शुरु गरिएको हो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवाहरु दिईएको थियो ।

स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामी जाँच तथा औषधि वितरण, प्रयोगशाला सेवा, रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवा दिईएको थियो ।

पहिलो दिनको शिविरमा वहिरङ्ग सेवा अन्र्तगत १९७ जनाले सेवा लिएका थिए । यसैगरि प्रयोगशाला अन्र्तगत १६० जनाको सुगर परिक्षण गरिएको थियो भने जसमा ९ जनाको पोजेटिभ देखिएको छ । पोजिटिभ देखिएका सेवाग्राहीलाई पुन परिक्षणका लागी दमौली अस्पताल पठाईएको पालिकाका स्वास्थ्य अधिकृत दिनेश पण्डितले जानकारी दिनुभयो ।

यसैगरि शिविरमा ७९ जना सेवाग्राहीको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको थियो जसमा ८ जनाको क्यान्सर शंकास्पद भेटिएको, ८ जनाको आङ खस्ने समस्याको रिङ्ग प्रेसरी वाट उपचार गरिएको र ३ जना महिलाहरुलाई लामो अवधिको प.नि साधनको प्रयोग गरिएको छ । जटिल प्रकृतिको रोगको थप उपचारको लागी सम्वन्धित निकायमा सिफारिश गरिएको पालिकाले जनाएको छ ।

यसैगरि शिविरमा कोभिड १९ रोग विरुद्धको खोप सेवा पनि दिईएको थियो । ११६ जनाले खोप लिएकामा २७ जनाले प्रथम मात्रा, ९ जनाले दोश्रोमात्रा र ८८ जनाले बुष्टरडोज खोप सेवा लिएका थिए । आयुवर्वेद्ध तर्फ ११६ जना सेवाग्राहीले सेवा लिएका थिए भने क्षयरोग परिक्षण ८ जनाको गरिउको थियो ।

शिविरको पहिलो दिन ६७३ जनाले स्वास्थ्य सेवा लिएको र यो अत्यन्त उत्साहजनक भएको गाँउपालिका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । शिविरले आम जनताको घरदैलो सम्म जाने, जनताको समस्या सुन्ने र समाधानका लागी अग्रसर हुने अवसरका रुपमा लिएको अधिकृत अधिकारीले वताउनुभयो । असोज २ गते शुरु भएकोे घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ । कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र वडाध्यक्ष मणिभद्र वाग्लेको उपस्थिती रहेको थियो ।









