व्यास १४, केशवटार,
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षाका लागी गठवन्धनको जीत हुनुपर्ने वताउनुभएको छ । ओलीले पटक पटक संसद विघटन गरेर संविधान नै उल्टाउन लागेको हुदाँ गठवन्धनको निर्माण गरेर संविधानका रक्षा गरेको हो । प्राप्त उपलव्धीको रक्षाको लागी अव पनि गठवन्धनले जित्नुपर्दछ, गठवन्धन देशको आवश्यकता हो, गठवन्धनवाट नै देश विकास र समृद्ध वनाउन सकिने वरिष्ठ नेता पौडेलले वताउनुभयो ।
नेपाली काग्रेस व्यास १४, केशवटारमा सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा पौडेलले सो कुरा वताउनुभएको हो । केशवटार, सुखौरा देखि ढाडखोला मोटरमार्ग आफनो सपना भएको हुदाँ यस वाटोलाई निर्वाचन पछि पक्की मोटरमार्ग वनाउने दावी गर्नुभयो । विकासको सवैभन्दा ठुलो माध्याम सडक संजाल भएको हुदाँ केशवटारको विकासका लागी चारैतिर सडक संजालले जोड्ने वताउनुभयो ।
देशमा कृषि र पर्यटनको विकास नै आफनो लक्ष्य भएको हुँदा अव देशमा कृषि क्रान्ति आवश्यक छ । उत्पादनको नै देश निर्माण को आधार भएको हुदाँ कृषिलाई प्राथमिकता दिईने वताए ।

यसैगरि नेकपा माओवादी केन्द्रका नेता एवं तनहुँ क्षेत्र नं १ (ख) का उम्मेदवार हरिवहादुर चुमानले आफुले प्रदेश सासंद र मन्त्री भएर यो क्षेत्रको विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको वताए । सडक, खानेपानी लगायतमा यो क्षेत्रमा धेरै काम भएका छन्, त्यसको निरन्तरताका लागी पनि गठवन्धनको जित आवश्यक भएको वहाँले वताए । धेरै संघर्ष गरेर प्राप्त गरेको संघियता, धर्मनिरपेक्षता र समावेशीतामा ओलीले पटक पटक प्रहार गरेको हुदाँ त्यसलाई रोक्नका लागी गठवन्धन वनेको वताए । देशको आर्थिक समृद्ध र विकास गठवन्धन सरकारले नै गर्ने भएको हुदाँ सवैले गठवन्धनका उम्मेदवारलाई जिताउनुपर्ने वताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता गोविन्द भट्टराईले गठवन्धन देशको नै आवश्यकता भएको वताए । कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी दिपक भट्टराई, शुरेश भट्टराइ। जिल्ला सदस्य लेख वहादुर रानार्, नेकपा माओवादीका वन्दिपुर गाँउ कमिटीका ईन्चार्ज पुर्ण सिहं थापा, व्यासनगरका अध्यक्ष रामचन्द्र सापकोटा, माओवादी केन्द्रवाट गण्डकी प्रदेश समानुपातिक उम्मेदवार वसन्त दरै, माओवादी नेताहरु केहर सिंह आले, एचवि थापा मगर, नेपाली काग्रेसका व्यास १४ का नेपाली काग्रेसका सभापति नरिमाया राना, नेका व्यास १३ का सभापति रेशम विक, व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, वडासदस्य दुर्गा वहादुर आले लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

सम्पर्क कमिटीका अध्यक्ष रमेश सुनारको अध्यक्षतामा भएको सो कार्यक्रममा दुर्गा वहादुर आलेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।











