८२५ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण (तस्विरहरु सहित)

स्वामीभञ्याङ्ग – वडा नं ७

म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविरवाट हालसम्म ८२५ जनाले जेष्ठ नागरिकले लाभ लिएका छन् । त्यसैगरि शिविरवाट १० जना अपाङ्गलाई पनि अपाङ्गता परिपचपत्र वितरण गरेको गाँउपालिकाले जनाएको छ ।
स्वामीभञ्याङ्ग वडा नं ७ मा भएको दोश्रो चरणको एकीकृत घुम्ति शिविरको पहिलो दिन ३० जनाले जेष्ठ नागरिक कार्ड प्राप्त गरेका छन् । यसैगरि २ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् । अपाङ्गता परिचय पत्र प्राप्त गरेपछि स्वामिभञ्याङ्ग निवासी ५३ वषिय देउमाया भुजेलले गाँउपालिका र वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा घरमा नै आएर परिचयपत्र पाँउदा खुशी व्यक्त गरिन् । भुजेललाई गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिेर, कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रुपमा जेष्ठ नागरिक परिचय पत्र वितरण गरेका थिए ।

जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दे गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमखु कार्यकारी अधिकृत


यसैगरि सोही ठाँउ निवासी राम वहादुर थापाले टोल र घरसम्म आएर नै जेष्ठ नागरिक परिचय पत्र पाँउदाँ खुशी लागको वताए । वडाकार्यलय टाढा पर्ने र वृद्धअवस्थामा हिडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठृुलो राहत दिएको वताए ।
शिविरमा महिला स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।

पशु शाखामा सेवा लिन आएका स्थानियहरु


त्यस्तै घुम्ति शिविरमा वहिरङ्ग सेवा अन्तर्गत विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । प्रयोगशाला सेवा अन्तर्गत रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ । प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, विभिन्न सिफारिश हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सेवाग्राहीहरु सेवा लिदै


शिविरमा ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्तर्गत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, योजना शाखा अन्तर्गत उपभोक्ता सँग योजना संम्झौता हुनेछ ।

सेवाग्राहीहरु लाई सेवा दिदै कर्मचारीहरु


असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने दोश्रो चरणको एकीकृत घुम्ति शिविर पालिकाका ५, ६ र ७ नं वडामा संचालन हुनेछ ।

घरनम्वर प्लेट ठोक्दै गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमखु कार्यकारी अधिकृत

जनगुनासो सुन्दै पालिका अध्यक्ष प्रमखु कार्यकारी अधिकृत
शिविरवाट सेवा लिदै स्वामीभन्ज्याङका स्थानिय जनताहरु
Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.