९१४ जनाको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण (तस्विरहरु सहित)

थाङदी, म्याग्दे–५

म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविरवाट हालसम्म ९१४ जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ । महिलाहरुमा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर परिक्षणमा पालिका भरका ५ वटा वडा भित्रका महिलाहरुले सो सेवा लिएका हुन् ।

पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गर्दे स्वास्थ्यकर्मी


यसमध्ये ३६ जना महिलाहरुमा भि आई ए पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका महिलाहरुलाई थप उपचारका लागी सम्वन्धित निकायमा सिफारिश गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले वताउनुभयो । भिआई ए पोजेटिभ सवैभन्दा वढि वडा नं १ को मान्ह्रौमा गरिएको परिक्षणमा ८ जनालाई देखिएको थियो । यसैगरि वडा नं ७ को समिधारामा ४ जना, रानीश्वारामा ७ जनालाई पोजेटिभ देखिएको छ । भने वाख्रेमा ३ जनालाई देखिएको छ ।

घुम्ति शिविरमा स्वास्थ्य सेवा लिन आएको स्थानियवासीहरु


शिविरमा इम्प्लाण्टको सेवा ७ जना, आयुसिडी २५ जना, पिल्सको २ जना, हिस्टोरिक्टोमि १ जना, रिङ्ग प्रेसरी ३१ जना, साईटाईटिस १ जना, व्ह्वाईट डिस्चार्ज ८४ जना, पिआईडी ३ जना, भ्यागलिन्टस ५ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य परिक्षण गर्दे स्वास्थ्यकर्मीहरु


यसैगरि रेक्टोसेल ५ जना, साईटोसिल १४ जना, सरभाईटिस २३ जना, सि ईरासोलन ५ जना, प्रोल्याप्सी ४३ जना, सि पोलिप ४३ जना महिलाले शिविरवाट सेवा लिएका छन् ।

घुम्ति शिविरको निरिक्षण गर्नु हुदै पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष


शिविरमा महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।

घुम्ति शिविरमा ज्येष्ठ नागरिक परिचय पत्र वितरण गर्नुहुदै पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र वडा नं ५ का वडाध्यक्ष शिव वहादुर आले


त्यस्तै घुम्ति शिविरमा वहिरङ्ग सेवा अन्र्तगत विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ । व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, उपभोक्ता सँग योजना संम्झौता हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नदिले कटान गरि मोटरमार्गमा गरेको क्षतिको निरिक्षण गर्नुहुदै पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र वडा नं ५ का वडाध्यक्ष शिव वहादुर आले


शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो । शिविर कार्तिक ४ गते सम्म चल्नेछ ।

रक्तचापको परिक्षण गर्दे स्वास्थ्यकर्मी

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.