नेवा देय दवु गुठी समनवय समिती व्यास नगर दमौलीवाट तनहुँको सदरमुकाम दमौलीमा नेपालसमवत् ११४३ उपलक्ष्यमा शुभकामना आदान–प्रदान एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

अमुल्य भाषा, संस्कृतिको संरक्षण सम्र्वधन गर्दे नयाँ पुस्तालाई हस्तान्तरण गरौ भन्ने मुलनारा सहित समितीले दमौली वजार परिक्रमा गरेको थियो । २८ गुठी आवद्ध रहेको समितीद्धारा आयोजित कार्यक्रममा विभिन्न गुठीहरुले लाखे नाँच सहित वजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।

कार्यक्रममा वक्ताहरुले नेवारको सस्ंकृति र भाषाको संरक्षणमा जोड दिएका थिए ।



























