७ नं वडा कार्यलयले सेवा केन्द्रवाट जनतालाई सेवा (तस्विर सहित)

समिधारा–७

म्याग्दे गाँउपालिका ७ नं वडा कार्यलयले सेवा केन्द्र स्थापना गरेको छ । वडाको पुर्वी भेगमा वसोवास गर्ने वडावासीलाई वडासम्मको सेवामा सहज होस भन्ने हेतुका साथ सेवा केन्द्रवाट सेवा दिईएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


समिधारा आधारभुत स्वास्थ्य केन्द्रको भवनवाट सेवा दिईएको पहिलो दिनमा ६८ जना स्थानियले वडावाट पाउने सेवा लिएका वडाध्यक्ष श्रेष्ठले वताए । वडासम्मको पहुँचमा टाढा र मोटरमार्ग साह्रै घुमाउरो पर्ने हुदाँ त्यस क्षेत्रका वासिन्दालाई सहज होस भनि सेवा केन्द्रवाट सेवा दिईएको हो । सेवाग्राहीको चापलाई हेरेर थप सेवा दिनेछौ, हाललाई माशिक २ पटक सो क्षेत्रवाट सेवा दिनेछौ, वडाध्यक्ष श्रेष्ठले वताउनुभयो ।


सेवाकेन्द्रवाट डाँडागाँउ टोल, हर्षपुर टोल, पँयरटोल, वेलवोट टोल, एक्लेवर टोलका स्थानिय जनतालाई प्रत्यक्ष लाभान्वित हुने वडाले जनाएको छ । सेवाकेन्द्रमा वडावाट हुने सम्पुर्ण सेवा प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.