म्याग्देमा नमुना मतदान अभ्यास सम्पन्न (फोटोफिचर)

म्याग्दे गाँउपालिका, तनहुँ

अगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि निर्वाचन आयोग तनहुँले नमुना मतदान अभ्यास गरेको छ । निर्वाचन आयोग कार्यलयको आयोजना र म्याग्दे गाँउपालिकाको समन्वयमा गाँउपालिकाको कार्यलय प्राङ्गणमा नमुना मतदान अभ्यास कार्यक्रम गरेको हो ।


निर्वाचनमा जनतालाई मतदान गर्ने अभ्यास र मतदान वदर नहोस भन्ने हेतुले नमुना मतदान अभ्यास कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालले वताउनुभयो । मतदान प्रक्रियामा मतदाताको हक अधिकार र मतको दुरुपयोग नहोस भन्ने हेतुले जनतालाई जिल्लाका दशै वटा पालिकामा नमुना मतदान अभ्यास कार्यक्रम गरेका छौ, कोश तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख किशोर कुमार श्रेष्ठले वताउनुभयो ।


नमुना मतदान अभ्यास कार्यक्रममा स्थानिय जनताको उल्लेख्य सहभागिता रहेको थियो । मतदान प्रक्रियामा प्रदेश, क्षेत्र तथा समानुपातिक मतदानका लागी सहज होस भनेर नमुना मतदान अभ्यासमा आएका हौ, स्थानिय समाजसेवी वालकृष्ण श्रेष्ठले वताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलले मतदान अभ्यासको अनुगमन गरेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.