संविधानको प्रभावकारी कार्यान्वयनगरि विकासमा कटिबद्ध रहने छु–एमाले उम्मेदवार गुरुङ (फोटोफिचर)

दुलेगौंडा, २५ कार्तीक ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले संविधानको प्रभावकारी कार्यान्वयनगरि विकासमा कटिबद्ध रहने बताएका छन् । शुक्रवार म्याग्दे गाउँपालिकाका मतदाताहरुसँग भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले परिपक्क नेतृत्वका कारण एमालेले संविधानको कार्यान्वयनसँगै ७ वटै प्रदेश सरकारले गति लिने बताए ।

केन्द्र र प्रदेशमा एमालेको सरकार रहदा संघीयता कार्यान्वयनको पहिलो चरणमा रहेको स्मरण गर्दैसँगै विकासले गति लिएको सुनाए । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले एमालेकै सक्षम नेतृत्वका कारण जनताकोबीचमा दृढ विश्वासका साथ हिड्ने गरेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा एमालेको पक्षमा बलियो जनलहर देखिएको दाबी गरे ।

तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले एमाले निति र योजनाका कारण जनता एमालेको पक्षमा देखिएको बताए । शुक्रवार बोटेनी, थाङ्दी,छाङ्पाट्न, मुलाबारी, झिरुबास, ध्यान्थोक हटिया, किलचोल,बर्च्याङ, टाक्राङ, मानुङ लगायतका क्षेत्रमा पुगेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.