शेरा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ प्रतिनिधी सभाका उम्मेदवार किरण गुरुङ्गले विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्ने वताउनुभएको छ । केन्द्रमा ओली सरकार र आफु गण्डकी प्रदेशमा अर्थमन्त्री भएर काम गर्दा विकास निर्माणको काम गरेको तर नेपाली काग्रेसले भ्रम छर्दे हिडेको समेत वताए । काम एमालेले गर्ने तर नेपाली काग्रेसका साथीहरु आफुले गरेको भन्दै हिडेको हुदाँ मुल्यवान नैतिकताका साथ राजनिती गर्न समेत आग्रह गरे ।

चुनावी अभियानको दौरानमा नेकपा (एमाले) व्यास–५, वडा कमिटीले आयोजना गरेको वृहत भेलालाई सम्वोधन गर्दे गुरुङ्गले सो कुरा वताउनुभएको हो । अर्थमन्त्री भएर तनहुँमा विकास निर्माणमा धेरै काम गरेको छु, विकास निर्माण मैले गर्ने तर काग्रेसका साथीहरु भने सुटुक्क उद्घाटन गरेर अलोकतान्त्रिक काम गरेको वताए । खानेपानी, सडक, विद्युत र जनताको आधारभुत आवश्यकतामा धेरै काम भएका छन् तर गठवन्धनको सरकार वनेपछि त्यसको केही पनि निरन्तरता भएको छैन, शुरु गरिएको काम अलपत्र परेका छन्, गुरुङ्गले भने ।

नेकपा (एमाले) को सरकार हुदाँ देशमा धेरै राष्ट्रिय गौरवको आयोजना शुरु गरेको तर परमादेशी सरकार आएर त्यसमा वजेट काटेर विकास विरोधी काम गरेको समेत वहाँले वताए । जनताले नजिकवाट नियालेका छन्, कसले कति काम गरेको छ भनेर, गुरुङले भने ।

नेपाली काग्रेसका उम्मेदवार प्रति लक्षित गर्दे गुरुङले भने, पाहुनालाई माया ममता गर्ने हो तर साँचो सुम्पने हैन । आफनो क्षेत्र छाडेर अर्को क्षेत्रमा चुनाव लड्न आएको मान्छे भोली छाडेर जान्छ । त्यसैले पाहुनालाई माया र सम्मान गरौ तर साँचो सुम्पने काम नगरौ, गुरुङले भने ।

व्यास–५ को शेरा र सिर्दीमा भएको सो कार्यक्रममा तनहुँ क्षेत्र नं २(क) प्रदेश सभा सदस्य उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता पुरा गर्न आफनो उम्मेदवारी भएको वताए । विगत देखि नै सधै जनताको काम गरेको हुदाँ अव पनि जनताको काम गर्ने अवसर दिनुहोस । यहाँहरु सँग हातेमालो गरेर हिड्नेछु, महतले भने । एमाले नै जनताको पार्टी भएको हुदाँ पार्टीले अगाडी सारेको टवान्टी ग्यारेन्टी कार्यक्रमले जनतामा समृद्धी ल्याउने समेत वताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्याय, निर्वाचन संयोजक रत्नादेवी घिमिरे, जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

















