व्यास–५
व्यास नगरपालिका वडा नं ५, मा कृषि तथा आवासीय जग्गा वर्गिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको छ । व्यास नगरपालिका घर, नक्सा शाखा र नगर कार्यपालिका कार्यलय दमौलीको आयोजनामा जनप्रतिनिधी, कर्मचारी र टोल अध्यक्षका लागी कृषि र आवासीय जग्गा वर्गिकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ ‘हिमाल’ को अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका ईन्जिनियर अमृत केसीले सरकारले कार्यक्रमको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्नुभएको थियो । स्थानिय भु उपयोग कार्यन्वयन समिती, भु उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भुमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको र मालपोत कार्यलय तनहुँको सार्वजनिक सुचना अनुसार कार्यक्रम अगाडी वढाईएको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जग्गाको वर्गिकरणको आवश्यता र यसको महत्वको वारेमा धारणा राखेका थिए । कार्यक्रममा व्यास नपा का ईन्जिनियर मनोज कैनी, संजय तिमल्सेना, नासु भाग्यशाली ढुङाना, सवैक्षक यम प्रसाद पौडेल, वडा कमिटीको सदस्यहरु खिम वहादुर थापा, सुन्दर वाग्ले, केशरी थापा, लक्ष्मि विक, राजनैतिक दलका वडातहका नेतृत्व, टोल विकास संस्थाको पदाधिकारी, र स्थानिय समुदायको उपस्थिती रहेको थियो ।

कार्यक्रमका अध्यक्ष विष्णु कुमार श्रेष्ठ ‘हिमाल’ ले घरर नक्साको वर्गिकरण अपरिहार्यता भएको हुदाँ समयमा नै दर्ता अभियानमा सरिक भई लाभ लिनुहुन अनुरोध गरे । जग्गाको वर्गिकरण नहुँदा यसले आम जनजीविकामा प्रत्यक्ष असर गरेको छ । यसले पुर्णता पाएसँगै आम जनताले लाभ लिने विश्वास वडाध्यक्ष श्रेष्ठले गरे । कार्यक्रमको संचालन वडा सचिव विश्वनाथ पौडेलले गरेका थिए ।












