लैङ्गिक हिंसा विरुद्धको वक्तृत्वकला प्रतियोगिता सम्पन्न । (फोटोसहित)

व्यास–५,

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा व्यास–५ को वडा कार्यलयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गममाया रानाको अध्यक्षतामा भएको सो कार्यक्रम व्यास–५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गर्नुभएको थियो ।


वडाभरको महिलालाई सहभागी गराई गरिएको वक्तृत्वकला प्रतियोगितमा महिलाहरुले नेतृत्वको विकास र महिला हिंसाको विरुद्धमा आवाज उठाएका थिए । महिलाहरुले अवसर पाएमा जुनसुकै सफल नेतृत्व दिन सक्ने हुदाँ महिला र पुरुषले समान अवसर पाउनुपर्ने वताएका थिए । पुरुषले महिलामाथी हेर्न दृष्टिकोणमा परिवर्तन नगरेको कारण महिलाहरु पछि परेको हुदाँ महिला विनाको समाज परिवर्तन सम्भव नहुने समेत वताए । समाज र परिवारको सोच नै महिलामैत्री नभएको र त्यसका लागी सवैले चेतनाको विकास गर्नुपर्ने वताए । कार्यक्रममा सहभागीले अवसर पाएमा महिलाले पनि सफल नेतृत्व गर्न सक्ने दावी गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथी विष्णुकुमार श्रेष्ठ हिमालले महिला र पुरुष एकअर्काको परिपुरक भएको वताए । महिला विना समाजको कल्पना पनि गर्न नसकेको हुदाँ वडा सधै महिलको क्षमता र वृत्तिविकासमा काम गर्न तत्पर रहेको वताए । महिला पनि देशको कार्यकारी पदमा पुगेर क्षमता प्रर्दशन गरिसकेको हुदाँ सवैले आत्माविश्वासका साथ काम गर्नुपर्ने वताए । परिवारको वढि जिम्मेवारी वहन गर्नुपर्ने दायित्व महिलाको भएता पनि समाज निर्माणमा महत्वपुर्ण भुमिका खेलेको समेत अध्यक्ष श्रेष्ठले वताए । महिला आफैमा कमजोर नहुने तर सोचका कारण महिला पछि परेको हुदाँ उच्च मनोवलका साथ लाग्न समेत वहाँले आग्रह गर्नुभयो ।


वडाका सवै टोलवाट वक्तृत्वकला प्रतियोगितामा सहभागी महिलाहरुलाई समावेश गराईएको थियो । प्रतियोगितामा पहिलो स्थान शुशिला शिलवालले हासिल गरेका छन् भने द्धितिय पुरस्कार सावित्री जमरकटेल, तृतीय निराशा कुमाल, सान्त्वना ताराकुमारी श्रेष्ठले प्राप्त गरेका छन । प्रतियोगितामा विजेताहरुलाई तामाको सानो गाग्री प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.