स्वप्नशिल मनोकांक्षा……

विवि श्रेष्ठ

निर्ममता भित्र पनि गन्धले अन्ततः उहि नैराश्यताको वादल छायो । प्राप्तिमा खुशी र उमंगित हुने आत्मा भने वातावरणको त्यान्द्रोले उडादिने रहेछ । सधै उहि उस्तै नहुने गतिमा पनि सधै समानता र अनुकुलता खोज्ने दुष्प्रयास जव सफल हुदैन, कंचन लागेको मौसम पनि वादलिने रहेछ । यहि भित्र नै संसारको आवश्यकता धुमिल वन्ने रहेछ ।
अकिञ्चित सोचहरु पनि अस्थिर, समान्य नियममा पनि वैराग्गिने र खुशीको उन्माद छाउने । एकाकार गर्न नसकिने आत्मालाई कसले नियन्त्रण गर्ला ? आफैमा अद्भुत लाग्ने सोचमा पनि एकाधिकार गर्न नसकिने चंचलताहरु । लाग्दो हो, मानसिकताको यो दुष्परिणाम । यहि असोचनिय र अकल्पनिय भाष्यहरु जीवनका अंगहरु हुन् । जुन अंग हाम्रा अभिन्नता भित्र जोडिएर यो जीवनका सारथी वनिरहेका छन् । जसलाई हामीले नचाहेर पनि अंगालिरहेका छौ । यहि र यस्तै, यतै र कतै ।
सोचको विकास कसले गराँउछ ? जीवनको अनुत्तरित प्रश्नहरुको उत्तर खोज्दैमा भौतारिरहे । दिनको उज्यालो र रातको अन्धकार नियमित प्रक्रिया भएता पनि यसमा मेल गराउन नसक्दा मस्तिकमा भएको अचेतन सोचले जरा गाडिदिदाँ अन्तत्वगत्व धर्तिको गतिशिलता पनि वुझन नसक्ने अर्धचेत हावी हुने रहेछ । यो आवश्यकताका निरन्तरता हो कि निरन्तरताको आवश्यकता ? मस्तिष्कमा संचार हुने गति पनि कति सक्रिय, जसले पलमा अनेकौ सोचलाई एकैचोटी प्रवाह गरिदिने । त्यहि प्रवाहित धाराले हेर्ने दृृष्टिकोण र सोच्ने गतिशिलतालाई नै तरंगित वनाईदिने ।

महत्वकांक्षाको यो पहाडले सिङ्गो जीवन नै गहुङ्गो वनाउने हाम्रो क्रियाशिलता जारी छ । पाउने र प्राप्तिमा नै सफल जीवन प्राप्त हुने अन्देखा सपनाले अन्तत नैराश्यताको पहाडभित्र विलिन हुन हामी व्यग्रताका साथ तछाँडमछाँड गरिरहेका छौ । सोच र वातावरणको यो वन्धकतामा चेतनाको यो अद्धैत रुपहरु विभिन्न वहानामा सतहमा देखिने रहेछन् । स्वार्थ र लोभको त्यो वहानाहरु अन्तत्वगोत्व जीवनका दुखका कारकहरु वन्ने रहेछन् । महत्वकांक्षाको त्यो असिमित चाहनाले ती कारकहरु क्षणिकतामा प्रिय हुने रहेछ ।


गन्तव्य फरक तर गन्तव्यका यात्रामा सोचिने सोचहरु पनि कता कता ? उकुस, मुकुस सरलताको पर्याय भएता पनि एकाकार हुन नसक्ने सजिव जीतको कमजोरी हो कि क्यारे ! भर्खर पुलकित भएको सोचले एक्कासी फन्को मार्दा समेत शारिरिक रुपमा सरल भएता पनि सोचको दृष्टिकोणमा भने असमानताले यो वातावरणको महत्व पुष्टि गरेको हुने रहेछ । विहानको त्यो चिसो उन्माद, समयको घडिपला सँगै विस्तारै धुमिल हुदै शिथिलता तर्फ उन्मुख भएको छ । लाग्दो हो, त्यो उत्साहमा सत्यता थियो कि थिएन । जोस जाँगरको त्यो पराकम्प नै भासिए जस्तो । थकानले चिर निद्रामा पारे जस्तो । लाग्दछ । भोलिको पालुवा फेरि फुल्ने छैन । यहि ओईलाएको फुलले अनादिकालसम्म मानव मस्तिष्कमा छाप छोड्नेछ ।
कम्पन र घस्रणको महत्व यहि नै हो क्यारे, क्रियाशिलतामा तापक्रम वढ्ने र यथास्थितीमा घट्ने । त्यहि घट्ने क्रियाशिलताले जन्माएको असिमित ईच्छा र आकांक्षाको पहाडले पुन कल्पनाको दिया वाल्ला जस्तो । त्यहि दियोको उज्यालोले दिनको रोशनीमा सफलताको पहाड चढुला जस्तो । तर त्यो फगत महत्वकांक्षाको उपज शिवाय केही थिएन । मानव जातिको सोच नै दुख र चिन्ताको उपज हो क्यारे ! जसले जीवनमा दुख र कष्ट शिवाय केही नदिने । आवश्यकताको पनि सिमा हुने यथार्थ भन्दा वाहिर जाने हाम्रो सोच नै दरिद्र । जुन दरिद्रतालाई जीवनभर वोकेर हिड्नमा नै अभ्यस्त हुने हाम्रो सफलता । घडिको सुई निरन्तर घुमिरहे जस्तो, पृथ्वी पनि निरन्तरताको गतिमा अभ्यस्त छ । तर सधै उहि सोच्ने हाम्रो दरिद्र मानसिकता भने सोचको वन्धक वनिरहेको छ । यथार्थको कसीलाई छोप्न खोज्ने हाम्रा कर्महरु अन्तत्वगत्व सत्य सँग हार मान्नुको विकल्प छैन । तर पनि सत्य सँगको सिंगोैरीले अस्तित्वविहिन हुन सक्ने मानव आत्माहरु झुक्न भने नसक्ने रहेछ । यहि भित्र धर्तिका समग्र जीवहरु एकाकार वाँचिरहेका छन् । आफुले वुझेका विषयलाई मात्र सत्य सोचेर ।
देख्ने नजरहरु पनि धर्मराए जस्तो, त्यहि धर्मराएको आँखामा पनि स्वार्थ, त्यहि स्वार्थताले धर्मराएको नजरको अनुभुति नै नहुने रहेछ । सोचको वन्धकता भित्र रम्नेहरु धर्तिमा असिमित हुने रहेछ । यथार्थलाई आत्मासात गर्नेहरु त्यहि असिमित भीडले उम्कन नसक्ने वनाउँदो रहेछ । यहि नै सत्यताको एउटा अंश रहेछ । वन्धकता पनि सोचको कि वातावरणको ? वातावरणले सोचको विकास गर्ने कुरा सत्य हो । तर त्यो सोचको विकासमा सत्यताको खोजी भने दुर्लभता रहेछ । जुन सत्यताको खोजीलाई आत्मासात गर्न सहज सोच साधक नवन्ने रहेछ । विश्वास र सोच पनि एकअर्काको पुरक वन्न सक्दैन क्यारे । फगत महत्वकांक्षा अर्धचेतनाको धृष्टता मात्र रहेछ । पाईलाले टेकिने धर्तिमा पनि जव प्रश्नको ज्वारभाट निस्कन्छ, जीवन उर्जाशिल वनेता पनि त्यसको उचित व्यवस्थापन नहुँदा थप घातक वन्ने रहेछ ।
विहानीको मिर्मिरेमा उज्जाएको पातहरु सुर्य अस्ताउदै गर्दा विस्तारै ओईलिई रहेको छ । लाग्दछ, यसमा धर्तिको नियमन लागु भएको छ । गतिको चक्रमा उ समाहित भएको छ । भोलिको त्यो पुलकित वातावरणमा फेरि तेजिलो वन्ने सोच सायद त्यो विरुवामा पनि भए जस्तो । नियमनलाई आत्मासम्मान गरेजस्तो । सृष्टिको निरन्तरतामा चुपचाप साथ दिएजस्तो । यथार्थतालाई आत्मासात गरेजस्तो । सोच्दो हो, यो निष्पठ अध्यारोलाई भोलिको उज्यालोले चिर्नेछ र पुन क्रियाशिलता अभ्यस्त हुनेछ । महत्वकांक्षाको यो पहाडले सिङ्गो जीवन नै गहुङ्गो वनाउने हाम्रो क्रियाशिलता जारी छ । पाउने र प्राप्तिमा नै सफल जीवन प्राप्त हुने अन्देखा सपनाले अन्तत नैराश्यताको पहाडभित्र विलिन हुन हामी व्यग्रताका साथ तछाँडमछाँड गरिरहेका छौ ।
सोच र वातावरणको यो वन्धकतामा चेतनाको यो अद्धैत रुपहरु विभिन्न वहानामा सतहमा देखिने रहेछन् । स्वार्थ र लोभको त्यो वहानाहरु अन्तत्वगोत्व जीवनका दुखका कारकहरु वन्ने रहेछन् । महत्वकांक्षाको त्यो असिमित चाहनाले ती कारकहरु क्षणिकतामा प्रिय हुने रहेछ । हामी त्यहि प्रियतमालाई सफल जीवनका कडि सम्झेर मानसिक रुपमा कमजोर वनिरहेका हुने रहेछौ ।
जीवनमा दुख र चिन्ताका कारण नै हामीमा देखिएका महत्वकांक्षाहरु रहेछन् । आवश्यकताको नियम विपरित स्वार्थ र लोभलाई आत्मासात गर्नेहरुका भीडमा आफुलाई निकाल्न नसक्दा त्यसमा नै समाहित भएर जीवनका उत्तरार्धमा गएर आत्मावोध गर्नेहरुले सायद जीवनका वास्तविक अर्थ खोजे होलान । तर त्यो वास्तविक जीवनका अंशलाई आत्मासात गर्ने वयस्क मस्तिष्कहरु त्यो सत्मार्गमा हिड्ने प्रयत्न कदापी गरेनन अथवा सकेनन । यहि नै एकमात्र सत्य रहेछ ।
साधन र चिन्तन पनि एकान्तमा सम्भव हुने रहेछ । धर्तिको यो कोलाहलमा जीवनको यथार्थ वुझन खोज्नेहरुले थप जीवनलाई कष्टकर वनाईरहेका छन् । यहि कष्टकर जीवन व्यतित गर्न म कुदिरहेको छु ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.