म्याग्दे, तनहुँ
म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गर्ने भएको छ । लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गर्न लागिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयमा, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।








