ईन्सेक द्धारा नेपाल मानव अधिकार वर्ष पुस्तक सम्वन्धि अन्तरक्रिया कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्धारा नेपाल मानव अधिकार वर्ष पुस्तक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वसुन्धरा घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको मानव अधिकारको अवस्था सम्वन्धि अन्तरक्रिया गरिएको हो । २०२२ जनवरी देखि डिसेम्वर सम्म मानअधिकार उल्लघन तथा ज्यादतीको ईन्सेक जिल्ला प्रतिनिधी तनहुँका प्रकाशचन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा राज्यपक्षवाट गिरफतारी भएका विषयमा देखाईएको छ । यसैगरि चुनावी दौरानमा कुटपिट र झडप, महिला अधिकार, वलात्कार पाश्चात परिवारजनवाट हत्या भएको विषयवस्तु समावेश गरिएको छ । वलात्कार, वलात्कार प्रयास, यौन दुव्र्यवहार तर्फ उजुरी ३० वटा परेको, जसमा महिला पीडित संख्या १३ जना , वालिका पीडित संख्या १७ जना रहेको, जसमध्ये परिवारका सदस्यवाट भएको वलात्कारको संख्या ४ वटा रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
त्यसैगरि घरेलु हिंसा, कुटपिट, मानव वेचविखन तथा ओसार पसार, वोक्सीको आरोपमा दुव्र्यवहार, आर्थिक, समाजिक र साँस्कृतिक अधिकार अन्तरगर स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, वाल अधिकार, कुटपिट, लगायतको घटनालाई प्रतिवेदनमा समावेश गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कुनै पनि वहानामा मानवअधिकार उल्लंघनको घटना सह्य नहुने वताउनुभयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक युवराज खड्का, एमाले तनहुँका सचिव राजेश्वर ढकाल, नेपाली काग्रेसका जिल्ला सदस्य मिन वहादुर चदारो, माओावादी केन्द्रका रामहरि वजगाई, नेकपा एसका अध्यक्ष श्रीराम कार्की लगायतले धारणा राखेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.