स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन सम्वन्धि २ दिने अभिमुखीकरण तालिम शुरु (फोटोफिचर)

म्याग्दे गाँउपालिका

म्याग्दे गाँउपालिका र जिल्ला समन्वय समितीको समन्वयमा स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन सम्वन्धी२ दिने अभिमुखीकरण तालिम शुरु भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा शुरु भएको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन तालिममा जिल्ला समन्वय अधिकारी थमन सिंह थापा र सुचना प्रविधि अधिकृत आकाश गुरुङ्गले जनप्रतिनिधी तथा कर्मचारीहरुलाई तालिम दिनेछन् ।


कार्यक्रममा पालिकाका अध्यक्ष तालिम अति उपयुक्त र आवश्यकता भएको वताए । काम कारवाही भएर पनि त्यसले निचोड निकाल्न नसकेको अवस्थामा यो तालिम फलदायी हुने विश्वास व्यक्त गरे । स्थानिय तहमा काम कारवाहीको विभिन्न सुचक पार गर्नुपर्ने हुन्छ, त्यसको प्रक्रिया थाहा नहुदाँ कार्यसम्पादनमा असर परेको छ, अध्यक्ष श्रेष्ठले वताए ।
यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले यो तालिम स्वं आफनै मुल्यांकन भएको वताए । स्थानिय तहले नै आफनो मुल्यांकन आफनो तरिकाले गर्न पाउने व्यवस्था गरेको छ । सरकारको निती नियम अधिनस्थ रहेर गरेको कामका सार्वजनिक सेवा प्रवाहको मापन भएको हुदाँ यो धेरै प्रभावकारी भएको वताए ।


यसैगरि प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको परिचय, शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेठ तथा योजना, वित्तिय एवंम आर्थिक व्यवस्थापन, आसर्वजकिन सेवा प्रवाह, न्याकिय कार्यसम्पादन, भौतिक पुर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय का विषयमा तालिम दिईन अधिकारीले वताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.