राष्ट्रपति रनिङ शिल्डको उपाधी राधा मावि लाई (फोटोफिचर)

स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराको साथ शुरु भएको राष्ट्रपति रनिङ शिल्ड राधा मावि जामुनेले जितेको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरेकोे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दे गाँउपालिका भित्रका माध्यामिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल संचालन भएको थियो ।


प्रतियोगितामा मीन मावि द्धितिय भएको छ भने तृतिय स्थान गणपति माविले हात पारेको छ । पालिका भित्रको जनगणपति मावि, मिन मावि, गणेश मावि, राधा मावि, रत्न मावि र महेन्द्र माविको विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेलाई १५ हजार सहित शिल्ड र प्रमाणपत्र र तृतिय हुनेलाई १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यालय स्तरवाट खेलिने खेलले विद्याथीको वृद्धि विकासमा टेवा पुग्ने वताउनुभयो । खेलमा जीत हार स्वभाविक भएता पनि यसले जीवनमा सकारात्मक सन्देश दिएको वताउनुभयो । विद्याथी भाई वहिनीहरुको खेल प्रतिको अभिरुचीले पालिका नै गौरवान्वित भएकोह हुदाँ अव फेरि जिल्लामा हुने प्रतियोगिताको लागी तैयारी गर्न आग्रह गरे । खेल जीवन शुरु भएको छ । प्रतिष्पर्धात्मक खेल जिल्ला हुदै प्रदेश र केन्द्रमा समेत यसको प्रतिनिधीत्व रहने हुदाँ अझ वढि मेहनत गर्नुपर्ने अध्यक्ष श्रेष्ठले वताए । खेलकुद देशको नै पहिचान भएको हुदााँ खेलकुदको माध्यामवाट पालिकालाई योगदान गर्नुपर्ने पनि वहाँले वताए ।


यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भएको वताए । जीवनको उर्वर भुमिमा विद्यार्थीहरुको खेलप्रतिको लगाव अविश्मरिण छ । यसको सुधार र निरन्तरता अवको वाटो हुनुपर्ने उपाध्यक्ष घिमिरेले वताए । पालिका खेलकुद र खेलाडीको विकासको लागी सदैव तत्पर रहेको हुदाँ खेलकुदका लागी सवै लाग्नुपर्ने वताए । खेलकुदको नियमित अभ्यास जीवनको मुख्य आधार भएको हुदाँ खेलकुद जीवनमा सँधै सँगै चाहिने समेत घिमिरेले वताए ।


महेश भट्टराईले संचालन गरेको कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख वुद्धिसागर खनाल, वडा अध्यक्षहरु, सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेलाडीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.