दोर्दी राष्ट्रपति रनिङ शिल्ड कपमा लक्ष्मी माविको ह्याट्रिक (फोटोफिचर)

जनक श्रेष्ठ,

लमजुङ, दोर्दी गाउँपालिका

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिकाको आयोजनामा वडा नं. ४ नौथर सेरामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड कपको लक्ष्मी माध्यमिक विद्यालयले जितेको छ । आईतबारदेखि सञ्चालि यस प्रतियोगित जितेसँगै पालिकाको वडा नं. ३ श्रीमञ्जाङस्थित लक्ष्मी माविले ह्याट्रिक गर्न सफल भएको हो । सो माविले ५० अंक अर्थात १० स्वर्ण पदक, ७ कास्य पदक र ६ रजत प्राप्त गर्दै विजयी बन्न सफल भएको हो । त्यस्तै, फलेनी माध्यमिक विद्यालय ९ स्वर्ण पदक, १० कास्य र १ रजत प्राप्त गर्दै दोस्रो भएको थियो ।

पाचोक माध्यमिक विद्यालय ६ स्वर्ण पदक, ४ कास्य पदक र ४ रजत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । विजयीलाई क्रमशः पाँच हजार, मेडल, शिल्ड, कप, तीन हजार, मेडल, शिल्ड कप र दुई हजार, मेडल, शिल्ड र कप वितरण गरिएको दोर्दी शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार दोस्रो स्थानमा प्राप्त फलेनीले ४८ अंक र तेस्रो भएको पाचोकले ३० अंक प्राप्त गर्न सफल भएको थियो । यस पटकको च्याम्पियनसँगै लगायत तीन पटक विजयी भएको भन्दै लक्ष्मी माविलाई यस कार्यक्रमकै अवसरमा आज दोर्दी गाउँपालिकाद्धारा नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको थियो । पालिकामा रहेका आठ माध्यमिक विद्यालयका करिब ३०० जना विद्यार्थी सहभागि भएको बताइएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबलसहित एथ्लेटिक्सतर्फ छात्र, छात्राहरुको खेल, फिल्डतर्फ उफ्रने र फ्याक्नेमा छात्रतर्फ हाइजम्प, लडजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सुटपुट १२ पाउन्ट थियो । त्यस्तै, छात्रातर्फ हाइजम्प, लडजम्प ज्याभलिङ थ्रो ६०० ग्रायम, सटपुट ८ पाउन्ट, विभिन्न दुरीको दौड प्रतियोगिता भएको थियो । विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले दोर्दी गाउँपालिकामै गुणस्तरीय खेलमैदान नभएको र पालिकाकै हाल सञ्चालन गरिएको खेल मैदानलाई पालिका स्तरीय व्यवस्थित खेलमैदान बनाउने प्रतिवद्धता जनाउनुभयो । खेलकुद क्षेत्रलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि खेलकुद सामग्री विभिन्न विद्यालयलाई सहयोग गर्ने उहाँको भनाई छ । दोर्दी शिक्षा शाखा प्रमुख लामिछानेले माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुको खेलकुद सम्बन्धित आफ्नो क्षमता प्रस्तुत गराउने उदेश्यले यस प्रतियोगिता सञ्चालन गरिएको र यस प्रतियोगितामा प्रथम भएको विद्यार्थीहरुलाई अब जिल्लामा हुन लागेको राष्ट्रपति कप प्रतियोगितामा सहभागि गराउनेछौँ । गाउँपालिकाका कार्यपालिका सदस्य लालमाया मिजार, सृष्टी नेपाली, गाउँपालिकाका खेलकुद प्रशिक्षक चेतन गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्बिका मरहट्ठाको अध्यक्षतामा भएको यस कार्यक्रमको सहजीकरण शिक्षा शाखाका सहायक प्राविधिक राजेश अधिकारीले गर्नुभएको थियो । आईतबारदेखि सञ्चालित यस प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालय सहभागि रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.