दोर्दी गाउँपालिकालाई विपद् व्यवस्थापनका सामग्री सहयोग (फोटोफिचर)

जनक श्रेष्ठ, लमजुङ

पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकालाई विपद् व्यवस्थापनका सामग्री सहयोग प्राप्त भएको छ । क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजनाले आपतकालीन कार्य संचालन केन्द्र स्थापनाका लागि सो सामग्री दोर्दी गाउँपालिकालाई सहयोग गरेको हो । आज पालिकाको वडा नं. ४ नौथर सेरामा एक कार्यक्रमका बीच आरसीडीसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले गाउँपालिका अध्यक्ष युवराज अधिकारीलाई सो सामग्री हस्तान्त्ररण गर्नुभएको छ ।

आरसीडीसीका कार्यकारी निर्देशक घिमिरेका अनुसार विद्युतीय, हार्डवेयर, मेडिकल लगायत १ सय २८ प्रकारका सामाग्री ४ लाख ५ हजार २६० रुपैयाँ बराबरका सामग्री सहयोग गरेको छ । जिल्लाका पालिकाहरुमा विपद्का सामग्री पालिकाहरमा पर्याप्त नभएको र विभिन्न प्रकोपका संख्याहरु बढ्ने र तत्काल उद्धार नहुने देखिएकाले सहयोग गरेको उहाँले बताउनुभयो ।

स्थानीय आपतकालिन कार्य सञ्चालन सवलिकण र सुद्धिकरणका लागि पनि सहयोग पुग्ने अपेक्षाका साथ सहयोग गरिएको लमजुङ पुनर्लाभ परियोजना कार्यक्रम संयोजक हेमराज बिमलीको भनाई छ । सो सामग्री हस्तान्त्ररण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाका धेरै गाउँहरु लेकमा रहेकाले विगतमा विपद्मा परेर लेकमा मान्छेहरु हराउँदा खोजी कार्य,उद्धार गर्न कठिन हुँदै आएपनि यो सामग्रीले सहज बनाउने बताउनुभयो ।

साथै पालिकामा जलजन्य प्रकोप, बाढी पहिरो लगायतका प्रकोप धेरै हुने भएकाले यस सामग्रीले खोज, उद्धार राहतमा सहज पुग्ने साथै विपद्को पूर्व तयारीमा सहयोग पुग्ने उहाँको भनाई छ । विपद्का बेलामा यस्ता सामग्रीले स्थानीयको जनधनको क्षति न्यूनिकरण गर्न मदत पुग्ने समेत उहाँले बताउनुभयो । उक्त कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, दोर्दी शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछाने, सिआरएसका कार्यक्रम व्यवस्थापक रमेश अधिकारी,े सीआरएस नेपालका विपद व्यवस्थापन कार्यक्रम संयोजक कृष्णदेव जोशी लगायतको उपस्थिति रहेको थियो । यसअघि समेत बेँसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेत प्रति पालिकालाई ४ लाख ५ हजार २६० रुपैयाँ बराबरकै यस्ता सामग्री सहयोग गरिसकेको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.