दोर्दीद्धारा किसानलाई अनुदानमा किविको विरुवा वितरण

जनक श्रेष्ठ

कृषि क्षेत्रलाई उच्च प्राथमिकता राख्दै आएको दोर्दी गाउँपालिकाद्धारा पालिकाका किसानलाई अनुदानमा किविको विरुवा वितरण गरेको छ । बाझो जमिनको सदुपयोग गर्न र किविखेतितर्फ किसानलाई आकर्षित गराउनका लागि पालिकाको कृषि शाखाले ८० प्रतिशत अनुदानमा बुधबार किसानलाई किविको विरुवा वितरण गरेको हो ।

कषि शाखाको ५० हजार रुपैयाँ बजेटबाट पालिकाभित्रका १० जना किसानलाई ५ सय वटा किविको विरुवा वितरण गरेको हो । उक्त विरुवा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जिल्ला र जिल्ला बाहिरका बजारमा किविको माग राम्रो भएकाले किसानलाई किवि खेतितर्फ आकर्षित गर्दै आयआर्जन गरी जीवनस्तर वृद्धि गर्नका लागि गाउँपालिकाले किविखेतिमा जोड दिन थालेको बताउनुभयो । अनुदानमा किविका विरुवा पाएपछि किसानहरुले किविखेति गर्न थालेको उहाँको भनाई छ । उहाँले पालिकामा व्यवसायिक रुपमा किवि खेती गरेका तथा गर्न ईच्छुक किसानलाई किवि खेतीमा सहज होस भनि विरुवा वितरण गरेको बताउनुभयो । जिल्ला तथा जिल्ला बाहिरा किविको बजार राम्रो भएकाले यसवाट किसानले मनाग्य आम्दानी गरी जिवनस्तरम बृद्धि गर्न सक्ने भएकाले पनि गाउँपालिकाले किवि खेतीमा जोड दिएको बताउनुभयो ।

कृषि शाखाका प्राविधिक नरहरी घिमिरेका अनुसार व्यवसायिक रुपमा किवि खेती गर्दै आएका तथा किवि खेती गर्न चाहने किसानले शाखामा दिएको आवेदनको आधारमा विरुवा वितरण गरिएको छ । प्रति किसानले आवश्यकता अनुसार २० वटा देखि १५० वटा सम्म विरुवा लगेको उहाँले बताउनुभयो । सो विरुवा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, कृषि शाखाका प्राविधिक निराजन पौडेल लगायत किसानहरुको उपस्थिति रहेको थियो । गाउँपालिकामा हालसम्ममा जम्मा ४ जना किसानले व्यवसायिक रुपमा किवि खेती गर्दै आएको कृषि शाखाले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.