दोर्दी गाउँपालिकाका १ हजार ८७८ भेंडाबाख्राको उपचार गरिएको छ । दोर्दी गाउँपालिकाले गुम्ती गोठका भेडाबाख्रालाई लक्षित गरेर गरिएको डिपिङ र ड्रेन्चीङ निशुल्क शिविरमा यतिका भेंडाबाख्राको उपचार गरिएको हो ।

पालिकाले वडा नंं ५ पाचोकमा १ हजार १ सय र वडा नं. ६ मा ८७८ वटा भेंडालाई आयोजित शिविरमा आन्तरिक र बाह्य पराजिवि नष्ट गर्नका लागि औषधी खुवाइएको थियो । पशुपन्छि शाखाका प्रमुख शंकर पन्थीले भन्नुभयो, हामीले भेंडाहरुका लागि चार ठाउँमा कार्यक्रमको आयोजना गर्ने लक्ष्यका साथ अघि बढेको र सो दुई ठाउँमा सम्पन्न भएको छ भने, अब दुई ठाउँमा यस्तै शिविर गर्नेछौँ ।

चार ठाउँका कार्यक्रम गर्नका लागि साढे दुई लाख रुपैयाँ बजेट रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, बाह्य तथा आन्तरिक पराजिविका कारण भेडाबाख्रामा समस्या नहोेस् भनेर डिपिङ, डे«न्चीङ शिविर सञ्चालन गरेका छौँ । शिविरमा पशुपन्छि शाखा प्रमुख पन्थीसहित पशुपन्छी शाखाका प्रविन रेग्मी, विनोद कटेल, गजेन्द्र सापकोटा लगायत खटिएको थियो । यस शाखाका अनुसार पालिकामा घरपालुवा तथा गुम्ती गोठ १६२ वटा पालिकामा दर्ता भएका छन् भने, यतिका गोठबाट ८ हजार भेँडाबाख्रा रहेका छन् ।









