दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारी सम्मानित

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी सम्मानित हुनुभएको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला समिति लमजुङले गत स्थानीय तह निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीलाई दौसल्ला ओडाएर तथा सम्मान पत्रले सम्मान गरेको हो । आज (शनिबार) सुन्दरवजार नगरपालिका वडा नं. ३ किर्तिपुरमा आयोजित यस समिति लमजुङको आठौं जिल्ला भेला तथा बनभोज कार्यक्रम एवं सम्मान कार्यक्रमको अवसरमा प्रतिष्ठानका केन्द्रिय सदस्य चन्द्रमणी अधिकारीले प्रमाणपत्र दिएर र प्रतिष्ठान जिल्ला समितिका अध्यक्ष तुल्सीविकास अधिकारीले दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

सो कार्यक्रममा सम्मानित भएपछि बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले गत स्थानीय तह निर्वाचनमा आफू विजयी हुनुमा अधिकारी बंशको पनि ठूलो योगदान रहेको बताउनुभयो । पालिकालाई नमूना पालिकाका रुपमा अघि बढाउनका लागि आफू लागि परेको र यसमा सबै समुदायको साथले सफल हुने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले सोही अवसरमा सो समितिको अध्यक्ष कोषको लागि नगद १० हजार ५०० रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले आगामी दिनमा समेत विभिन्न खाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा केन्द्रिय सदस्य सिताराम अधिकारी, सनातन संस्कृति एवं ज्योतिष विज्ञ दिनानाथ पण्डित, प्र्रतिष्ठानका केन्द्रिय सदस्य मिना भट्टा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.