दोर्दी गाउँपालिकाद्धारा किसानलाई ४८ भेंडा सहयोग

जनक श्रेष्ठ, लमजुङ

दोर्दी गाउँपालिकाद्धारा किसानलाई ४८ वटा भँेडा सहयोग गरेको छ । गाउँपालिकाले वडा नं. ८ मा रहेको सात कन्यादेवि भेडापालन समूहलाई यतिका भेँडा सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले समूहका अध्यक्ष भुवनसिंह घलेलाई भेँडा हस्तान्तरण गर्नुहुँदै भेँडा संरक्षणमा गाउँपालिका लागेकाले व्यवसायिक भेँडापालनमा थप टेवा पुग्ने लक्ष्यका साथ यसरी सहयोग गरिएको बताउनुभयो ।

पालिका तथा पालिका बाहिर मासु ऊन दुधबाट बनेका परिकारहरु निर्यात गरी किसानको जिवनस्तर उकास्न मदत पुग्ने र साथै रोजगार समेत सिर्जना हुने उहाँको भनाई छ । सो समूहको मागको आधारमा पालिकाले समूहलाई भेँडा वितरण गरेको दोर्दी पशुपन्छि शाखाका प्रमुख शंकर पन्थीले बताउनुभयो । उहाँका अनुसार स्थानीय भेडा संरक्षण कार्यक्रम अन्तर्गत ४ लाख ८० हजार बराबरको भेँडा वितरण गरिएको छ । गत वर्ष नाम्ले किराको प्रकोपका कारण उक्त समूहमा रहेका सबै किसानहरुको करिब २ सय भेँडा मरेको थियो । कतिपय किसानको त खोर नै शून्य भएकाले उनीहरुले गाउँपालिकासँग भँेडाको माग गरेका थिए ।

समूहले पालिकामा दर्ता गरी करिब ३ वर्षबाट भेँडा पालन गर्दै आएको छ । हाल समूहमा ८ सय भेडा रहेको समूहका अध्यक्ष घलेले बताउनुभयो । भँडा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, वडा नं. ८ का वडाध्यक्ष नारान घले, प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, पशुसेवा प्रविधिक गजेन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.