सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै गयोः गाउँपालिका अध्यक्ष अधिकारी

जनक श्रेष्ठ, लमजुङ

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गएको बताउनु भएको छ । सोमबार गाउँपालिकाको वडा नं. ७ फलेनी दारिमबोटस्थित बालकल्याण माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिावक दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

हामीले देख्छौँ, प्राइभेट विद्यालयमा आफैले पैसा तिरेर पढाउनुपर्छ त्यहाँको व्यस्थापन आफैले गरेको हुन्छ, त्यति धेरै ठूलो बजेट हुँदैन । तर राज्यले सरकारी विद्यालयहरुमा ठुलो बजेट खर्च गरेपनि विद्यालयको विद्यार्थी संख्या र शैक्षिक स्तर खस्किरहेकाले त्यस्ता कमी कमजोरीलाई हटाउँदै तत्काल शैक्षिक क्षेत्रलाई माथि उठाउन आवश्यक देखिएको उहाँको भनाई छ । स्थानीय सरकारसँगै शिक्षक, विद्यार्थी, अभिभावक मिलेर शैक्षिक क्षेत्रलाई माथि उकास्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र विद्यार्थी संख्या बढाउनेतर्फ लागिरहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, वडा नं. ७ का वडाध्यक्ष रिसमाया गुरुङ, ८ का वडाध्यक्ष नारान घले, पालिकाको शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । यस संविद्यालयमा २११ जना विद्यार्थी रहेका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.