आगोलागी हुँदा जलेर एकको मृत्यु

जनक श्रेष्ठ, लमजुङ

लमजुङ, दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ । सोमबार राति घरमा अचानक आगोलागी हुँदा कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो । परिवारसँग नबसी एक्लै एउटा सानो जस्तापाताको छाप्रोमा बस्दै आउनु भएका कामीको छाप्रोमा अचानक आगोलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाई छ ।

उहाँका अनुसार प्रहरीलाई राति नै खबर आएपछि बेँसीसहर नगरपालिका वडा नं. ११ चितीका प्रहरीहरु सो स्थानमा गएपनि प्रहरी पुग्दा घटना घटि सकेको थियो । चुलोमा बलेको आगो निभाउन विर्सेर आगोलागी भएको हुन सक्ने भएपनि प्रारम्भिक आगोलागी भएको जानकारी प्राप्ता भईसनकेको प्रहरीले जनाएको छ । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकिय सचिव हरिबहादुर घिमिरेका अनुसार सो छाप्रो नजिकै रहेको ७ वटा भेंडा, ३ वटा भैँसी, ६ वटा रागा समेत घाईते भएको छ ।

घटना पश्चात् मंगलबार बिहान दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी पुगेर घटनाको अवलोकन गर्नुभएको छ । सो घटनाले आफूलाई धेरै दुखित बनाएको उहाँको भनाई छ । राति घटना घटेकाले ढिलो थाहा भएको स्थानीयको भनाई छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.