१३४ औ श्रमिक दिवस मनाईयो (फोटोफिचर)

हाम्रा अधिकार खोसिदैछन्, अधिकारका लागि हस्तक्षेप गरौ भन्ने मुल नाराको साथ तनहुँको दमौलीमा मे दिवश मनाईएको छ । नेपाल ट्रेड युनियन महासंघ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट संस्था (जिफन्ट), व्यास नगर कमिटी, ईम्प्रेसन नेपाल गण्डकी प्रदेशको आयोजनामा १३४ औ श्रमिक दिवस मनाईएको हो ।


संगठित होऔ, प्रशिक्षित होऔ, परिचालित होऔ भन्ने मुल आर्दश वनाएर गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिकहरुले श्रमिक हक, अधिकारको नारा सहित वजार परिक्रमा गरिएको थियो ।


जिफन्ट तनहुँका अध्यक्ष भीम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य केदार सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कडेल लगायतले सम्वोधन गरेका थिए । मजदुरको श्रम श्रोषणको विरुद्धमा भएको आन्दोलनलाई लिएर संसारभरका मजदुरले मे १ लाई श्रमिक दिवशको रुपमा मनाउदै आएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.