दोर्दी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

दोर्दी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आईतबार एक कार्यक्रमकाविच पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषण गरिएको हो । पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषण गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्रका खोप लगाउने उमेर समूहका सवै बालवालिकाले पुर्ण खोप लगाएको बताउनुभयो । पालिकाभित्र खोप सम्बन्धि विभिन्न निति तथा रणनितिहरु तर्जुमा गरी खोपलाई प्रभावकारी बनाउने बताउनुभया । साथै आगमी दिनमा पनि कुनै पनि बालवालिका खोपबाट वञ्चित नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाका अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गरी प्रत्येक वडाबाट प्राप्त प्रतिवेदनको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम प्रतिवद्धता घोषणा गरिएको हो । २८, २९ र ३० गते वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरेपछि पालिकालाई घोषण गरिएको स्वास्थ्य शाखा संयोजक आईतमान गुरुङले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका १५ देखि ५९ महिनाका ५ सय १ जना बालबालिकाले सवै खोपको पुरा मात्रा पाएका छन् भने जन्मेदेखि १५ महिनाका २ सय ४० जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाईरहेका छन् । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख आईतमान गुरुङले खोप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक सुजन सुनारले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय लमजुङका ल्याव टेक्नीसियन निरिक्षक निरोजकुमार श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ,वडा अध्यक्ष, वडा सदस्यहरु, स्वायमसेविका, स्वास्थ्यकर्मीखोप लगाउने उमेर समूहका बालवालिकाकाका अभिभावकलगायतको उपस्थिती रहेको थियो । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा सँगै कार्यक्रमका सहभागिहरुले आगामी दिनमा कुनै अवस्था वा परिस्थितीमा कुनै पनि बालवालिका खोपबाट वञ्चित नहुने भनि पूर्णखोप सुनिश्चता तथा दिगोपना कायमका लागि प्रतिवद्धता सहित हस्ताक्षर समेत गरेका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.