मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

जनक श्रेष्ठ

पहाडी जिल्ला लमजुङमा निर्माणधिन मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका वडा नं. ५ गहतेमा निर्माणधीन मह प्रशसोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । केन्द्रको निर्माण कार्यको ९० प्रतिशत कार्य सम्पन्न भएको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । यस समितिका अनुसार जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका लागि यस केन्द्र स्थापना गर्न लागिएको हो ।

मह प्रशोधनका लागि १ तल्ले आर्सिंसी भवनमा ठूला ठूला २ वटा कोठा निर्माण गरिएको सो समितिका संयोजक केशबहादुर गुरुङले बताउनुभयो । हाल फिनिसिङको काम झ्यालढोका राख्ने काम भईरहेको छ । साथै रङरोगटन कार्य गर्न बाँकी रहेको छ । गुरुङका अनुसार विसं. २०७९ वैशाखमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको थियो । १ तल्ले आर्सिंसी भवन निर्माण गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना नेपालको आर्थिक वर्ष २०७८-०७९ को १५ लाख बजेट र ०७९-०८० को १४ लाख बजेट गरी २८ लाख रुपैयाँमा भवन निर्माण कार्य भईरहेको बताइएको छ । यस समितिका संयोजक गुरुङका अनुसार मह प्रसोधनका लागि ग्रामिण सामुदायिक विकास केन्द्र आर्सिडिसीले ४ लाख बरावरको मह प्रसोधन मेसिन समेत सहयोग गरेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवनको यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य तिव्र बनाइएको छ ।

परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा वर्षेनी करिव ५० टन बढी मह उत्पादन हुदै आएको छ । उहाँले भन्न्ुभयो, जिल्ला तथा जिल्ला बाहिर महको माग उच्च रहेकाले जिल्लाका किसानहरु मौरीपालन तर्फ आर्कषित हुन थालेका छन् । जिल्लामा प्रति केजी १ हजार १०० रुपैयाँमा मह विक्री हुँदै आएको छ । जिल्लाका किसानहरुले उत्पादन गरेको महलाई घरमा प्रशोधन गर्दा त्यत्ति शुद्ध नहुने भएको तथा धेरै समय लाग्ने भएकाले छिटो छरितो रुपमा जिल्लाका व्यवसायीको मह प्रसोधनका लागि मह प्रशोधन केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ । यस केन्द्रमा एक पटकमा १०० लिटर मह प्रशोधन हुने बताइएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.