थापाद्धारा विपन्न २५ विद्यार्थीलाई झोला र स्टेशनरी प्रदान

व्यास २ दमौली निवासी व्रिटिस सेनाका पुर्व प्रहरी लालबहादुर थापाले व्यास ११ दरैंपधेंरास्थित जनकल्याण प्राविमा अध्ययनरत विपन्न २५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
अल्पसंख्यक दरैं र विपन्न समुदायका बालबालिकाको पढाईमा सहयोग गरी शैक्षिक गुणस्तर अधिवृद्धिमा टेवा पु¥याउन झोला, कापी, कलम गरी २० हजार रुपैंयाँ बराबरको सामग्री सहयोग गरेका हुन् । लायन्स क्लव अफ तनहुँ भानुभक्तको आयोजनामा थापाले ती सामग्रीहरु विद्यालयमै पुगेर विद्यार्थीलाई प्रदान गरेका थिए ।


‘दरैं र विपन्न समुदायका विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ,’ समाजसेवी थापाले भने, ‘गरिएको सहयोगको भरपुर सदुपयोग होस् भन्ने चाहन्छु ।’
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ तनहुँ भानुभक्तका अध्यक्ष किशोर श्रेष्ठ, क्लवका डिपार्टमेन्ट चिफ सुरेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर दरै लगायत विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिती रहेको क्लवका जिल्ला सल्लाहकार कविराज श्रेष्ठले बताए । क्लवले विभिन्न मनकारीहरुलाई संगठित गरी समाजसेवा गर्दै आएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।
शैक्षिक सामग्री प्रदान गरिनुले विपन्न समुदायका बालबालिकालाई पढ्नु पर्ने भावनाको विकास भएको आफूले पाएको विद्यालयका प्रधानाध्यापक शशीकला पौडेलले बताईन् । सामग्री सहयोग गर्नुहुने मनकारी थापालाई उनले धन्यवाद व्यक्त गरिन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.