कभर्डहल नहुदाँ खुल्ला चौरमा खेलाडीहरु (फोटोफिचर)

तनहुँ जिल्लाको सदरमुकाममा समेत हालसम्म कभर्डहल नहुदाँ खेलाडीहरु खुल्ला चौरमा खेल खेल्न वाध्य वनेका छन् । देशको नै प्रतिष्ठा र ईज्जत सँग जोडिएको खेल क्षेत्रलाई राज्यले नै उपेक्षा गर्दा कभर्डहल वन्न सकेको छैन । जसका कारण खेलाडीहरु खेल मैदानका अभावमा खुल्ला चौरमा खेलिरहेका छन् ।


नेपाल कराँते महासंघ गण्डकी प्रदेशले आयोजना गर्न लागेको जिल्ला स्तरीय छनौट प्रतियोगितामा खेलाडीहरु हिलो र धुलोका साथै पानीमा खेल अभ्यास गरिरहेका छन् । त्यति मात्र होईन, खेलाडीलाई खेल्ने सेफटी समेत नभएको गुजुरियो कराते एकल काँताका प्र्रशिक्षक महादेव रानाभाटले वताए । खेलमा खेलाडीको उत्सुकता धेरै छ, तर पुर्वाधार नहुँदा आशातित सफलता हासिल गर्न नसकिएको रानाभाटले वताए ।


प्रदेशस्तरीय हुने कराँते प्रतियोगितामा पुरुष तर्फ २५ देखि ५० केजी र महिला तर्फ २५ देखि ४५ केजीसम्मको प्रतिस्पर्धा हुने गोजुकाई करातेको प्रशिक्षक विश्वकुमार वुढाले वताए । तर खेल मैदानको अभावले चाहेजति सिक्न र सिकाउन नसकेको वुढाले वताए ।


दैनिक रुपमा कराँते तर्फको गुजुरियो कराते एकल काँता, सितोरियो कराते, गोजुवाई करातेको गरि २०० भन्दा खेलाडीहरु खुल्ला चौरमा अभ्यास गर्न वाध्य छन् । एकातर्फ अभ्यासका लागी कम खुल्ला चौर हुदाँ खेलाडीहरुलाई पालो पालो सिफटमा खेलाउन वाध्य छौ, सतोरियो करातेको प्रमुख प्रशिक्षक एवं कराते महाँसंघ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले वताए । खुल्ला चौर, त्यसमाथी पनि पानी, धुलो र हिलोले दैनिक रुपमा खेलाडीलाई अभ्यास गर्न सकिएको छैन । यस विषयमा सम्वन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराएता पनि पुर्णता नपाएको हुदाँ खेलाडीमा खेलप्रतिको आर्कषण घटेको अध्यक्ष मनिराज थापाले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.