व्यास नगरपालिकाको आर्थिक वर्ष ०७८।०७९ मा मात्र करार सेवा अन्तरगत १ करोड २६ लाख ४३ हजार ६ सय तीस रुपैया वेरुजु देखिएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानिय तहले नगर प्रहरी, सवारी चालक, सरसफाई पदमा वाहेक अन्य पद तथा सेवामा करारवाट पदपुर्ति गर्न नसकिने कानुनी व्यवस्था गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानिय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने कार्यविधि २०७४ मा स्वीकृत दरवन्दी भन्दा वाहिर अन्य रुपमा कर्मचारीहरु राखी तलव भत्ता वा पारिश्रमिक भुक्तानी गर्न नमिल्ने र त्यस्तो कार्य प्रचलित कानुन विपरित हुने उल्लेख छ ।
व्यास नगरपालिकाले भने कानुन विपरित कर्मचारी भर्ना गरेको छ । जसमा छैटौ शाखा अधिकृत ५ जना, छैठौ सिभिल ईन्जिनियर ८ जना, पाचौ सिविल ईन्जिनियर ६ जना, चौथो अ.स. ईन्जिनियर २ जना, चौथो ईलेक्ट्रिसियन १ जना, चौथो अमिन २ जना, चौथो ना.प्र.स.कृषि ५ जना, चौथो ना.प्र स. पशु ५ जना गरि ३४ जनालाई कानुन विपरित कर्मचारी भर्ना गरेको छ ।
कानुन विपरित भई भुक्तानी गर्ने पदाधिकारीवाट १ करोड २६ लाख ४३ हजार ६ सय तीस
असुल उपर गर्नुपर्ने महालेखाले जनाएको छ ।








