तनहुँकाे अतिरिक्त हुलाकमा कार्यरत एक सय १४ कर्मचारीकाे राजिराेटी खाेसिने भएपछि आन्दाेलनमा

नेपालमा सरकारले २०८० जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमा अतिरिक्त हुलाकहरु खरेज गर्ने घोषणाको विरुद्धमा नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन तनहुँले जिल्ला हुलाक कार्यालय तनहुँमा मंगलवार ज्ञापनपत्र बुझाएको छ । तनहुँ जिल्लाका ३७ वटा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुले जिल्ला हुलाक कार्यालय तनहुँका नासु सचिन पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसनका अध्यक्ष गोवद्र्धन काफ्ले, कोषाध्यक्ष पार्वती थापा सहितको  टोलीले नासु पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपाल सरकारले २०८० जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट भाषणले विना अध्ययन अन्यायपूर्ण तरिकाले अतिरिक्त हुलाकहरु खारेज गरेको सम्बन्धमा विरोध स्वरुप जेठ १६ गतेबाट नै हुलाक कार्यालयले गर्ने सम्पूर्ण सेवाहरु बन्द गरी अतिरिक्त हुलाक वन्द गर्ने निर्णय फिर्ता नलिएसंग आन्दोलन जारी रहने उल्लेख छ ।                

उनिहरुले अतिरिक्त हुलाक खारेज गर्न नहुने , अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीको रोजगारी खोस्न नहुने, हुलाक सेवाको पुनसंरचना गर्दै निजामती कर्मचारीको सरह सेवा सुविधा कायमको माग राख्नुका साथै एक स्थानिय तह, एक हुलाकमा  अतिरिक्त हुलाकका कर्मचारीहरुलाई समायोजन गर्ने माग राखेका छन् ।  चोक चिसापानी अतिरिक्त हुलाक कार्यालयमा विगत ३२ बर्षदेखी हुलाक सेवामा काम गरेका वुद्धिबहादुर तामाङ सरकारको यो निर्णयले बिचल्लीमा पारेको बताउदै सरकारले पुन विचार गर्नुपर्ने माग राखे ।

ढोरछाव्दी अतिरिक्त हुलाकमा विगत २० बर्षदेखी कार्यरत धर्मबहादुर खाँड ठकुरी सरकारले अहिले गरेको निर्णयप्रति असहमती जनाउदै धेरै ठुलो मारमा परेको बताए । भानु अतिरिक्त हुलाकमा विगत १९ बर्षदेखी कार्यरत कमला श्रेष्ठ सरकारको अहिलेको बजेट भाषणले आफ्नो रोजिरोटी खोसिएको बताउदै अतिरिक्त हुलाक खारेजी गर्न नहुने बताइन् ।

यसरी तनहुँ जिल्लामा एक जिल्ला हुलाक रहेको छ भने ३७ वटा अतिरिक्त हुलाकमा १ सय १४ जना कर्मचारीहरु कार्यरत रहेका छन् । सरकारको अतिरिक्त हुलाक खारेजीको निर्णय पछि तनहुँ जिल्लामा रहेका ३६ वटा अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने १ सय १४ जना कर्मचारीहरुको रोजिरोटी खोसिएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.