विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा योजनासहित दोर्दीले ल्यायो ५१ करोड ४७ लाख बजेट

पालिकाभित्रका विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने योजनासहित दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ५१ करोड ४७ लाख ५६ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरिएको छ । आईतबार दोस्रो गाउँ सभाको तेस्रो अधिवेसन मार्फत गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उक्त प्रस्तुत गरिएको बजेट वक्तव्यको बजेटमध्ये संघिय सरकारबाट गाउँपालिका वित्तिय समानिकरण अनुदान ८ करोड २४ लाख, सशर्त अुदान २५ करोड ४८ लाख, राजस्व वाँडफाँड तर्फ ९ करोड १४ लाख ६९ हजार, संघ समपुरक अनुदान तर्फ ३ करोड १० लाख, संघ विशेष अनुदान तर्फ १ करोड ८० लाख, प्रदेशबाट गाउँपालिका वित्तिय समानिकरण तर्फ १ करोड ९ लाख ९८ हजार, प्रदेश राजस्व बाडफाँड तर्फ, ७५ लाख ८९ हजार, प्रदेश समपुरक अनुदान तर्फ ६० लाख, प्रदेश विशेष अनुदान तर्फ ४० लाख, आन्तरिक आय तर्फ ४० लाख अनुमानित बजेट पेश गरिएको गाउँपालिका उपाध्यक्ष घलेको भनाई छ । उहाँका अनुसार विषयगत शाखा अन्तर्गतको अनुमानीत बजेट समेत पेश गरिएको छ ।

“दोर्दीको आधार, समृद्ध पालिका–सुशासन कृषि, पर्यटन र रोजगार” भन्ने नाराका साथ आगामी वर्षको नीति कार्यक्रम गाउँपालिका अध्यक्ष युवराज अधिकारीले प्रस्तुत गर्नुभयो । उहाँले पालिकाभित्रका रहेका आर्थिक विपन्न नागरिकको लागि स्वास्थ्य बिमा गर्ने निति अवलम्बन गरिने बताउनुभयो । त्यस्तै, जनतासँग प्रत्यक्ष सम्बन्ध र संम्पर्क राख्ने वडा कार्यालयको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालिको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ । सेवाग्राीले सहज र सरल स्रोत प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सुचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको र यस्तै विषयलाई प्राथमीकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गरिएको उहाँको भनाई छ । त्यस्तै एक वडा एक कृषि उत्पादन कार्यलाई, अगाडी बढाउँदै लौजाने नीति ल्याएको छ । कृषि योग्य जमिन बाँझो छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फलफुल खेति कार्यक्रमलाई प्रभाबकारी ढंगले अगाडी बढाउने उहाँले बताउनुभयो । उहाँका अनुसार जलवायु मैत्री, आधिनिक तथा वैज्ञानिक कृषि, तथा पशुपालन र करार खेतिका अवसरहरु पहिचान गरि कृषकहरुलाई अधिकतम लाभ दिने व्यवस्था ल्याएको छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको उक्त निति तथा कार्यक्रममा धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको विकास गरिने, पर्यटकिय विकासको सम्भावनालाई मध्यनजर गर्दै होमस्टे प्रवर्दन गरिने उल्लेख गरिएको छ । त्यस्तै, पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरि पर्यटकिय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने नीति ल्याएको छ । पर्यटकीय विकासको संम्भावनाहरुलाई मध्यनजर राख्दै यस क्षेत्रमा आवश्यकता अनुसार होमस्टे अवधारण विकास गरिने छ । होमस्टे सुधारको लागि अनुदानको व्यवस्था गरिनेछ । यस क्षेत्रमा मुख्य पर्यटकीय क्षेत्र मेमेपोखरी, बराहपोखरी, इलामपोखरी, लिपेलेक, जुमडाँडा, हिलेटक्सार डाँडा, कोम्रोडाँडा, फलेनी, दुधपोखरी कुण्ड लगायतको संरक्षण गरी पदमार्गको विकासको लागि प्रचार गरी पर्यकटकीय स्थलहरुमा आन्तरिकत तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने निति अवलम्बन गरिने भएको छ ।

धार्मिक, सामाजिक, ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै गाउँपालिका स्तरीय ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय म्युजियम स्थापना गर्ने भएको छ । सबै जाति जनजातिहरुको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न आवश्यक पहल गर्नुका साथै धर्म संस्कृति, इतिहास बोकेको क्षेत्रको संरक्षणमा जोड दिइने छ । १५ सैयाको अस्पताल निर्माणमा जग्गा खरिद अभियान सञ्चालन गरिने भएको छ भने, हेलो आमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नौथर स्वास्थ्य इकाईमा भिडियो एक्सरे सेवालाई सेवाग्राहीमुखी र थप प्रभावकारी बनाइने भएको छ । गाउँपालिकाले औद्योगीक ग्राम स्थपना गरि सवै खालका उद्योग धन्दाहरु एकैठाउँबाट सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्ने भएको छ । उक्त क्षेत्रमा सञ्चालित व्यापार, व्यवसाय तथा अन्य साना घरेलु उद्योगहरुको विवरण तयार गरि करको दायरमा ल्याउने नीति ल्याएको छ ।

मुख्य स्रोतको रुपमा रहेको ढुंगा गिटी तथा बालुवको सही ढंगबाट व्यवस्थापन गर्न वातापरणीय प्रभाव मुल्यायंकन प्रतिवेदन तयार गरी टेण्डर प्रणाली लागू गरिने भएको छ । त्यस्तै, अवैध ढुंगा, गिटी, बालुवा, निकासीलाई करको मुलधारमा ल्याइने नीति ल्याएको छ । त्यस्तै, हाम्रो दोर्दी नामक स्थानिय पूस्तक निर्माण गरि सवै विद्यालयमा लागु गरिनेछ भएको छ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै बालकक्षा देखि ६ कक्षा सम्म दिवा खाजको व्यवस्था गर्ने, सबै विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माण हुने संरचनाहरु महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगतामैत्री बनाउँदै लगिने भएको छ । सबै वडा कार्यालयसम्म पूग्ने सडक कालोपत्रे गर्ने कार्यलाई अगाडी बढाइने भएको छ । पालिकाभित्र रहेको मुख्य बजारहरुमा सडक बत्ती तथा सिसि क्यामेरा जडान गर्ने भएको छ । बेरोजगार सुचिमा परेका बरोजगार युवाहरुलाई न्युनत्तम १०० जनालाई रोजगार प्रदान गर्ने भएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.