चोरी नियन्त्रणका लागी सिसि क्यामरा

गाँउमा चोरी हुन थालेपछि म्याग्दे गाँउपालिका वडा नं २ को पिपलडिही टोलमा सिसी क्यामरा जडान गरिएको छ । गाँउघरमा चोरीको घटना वढेपछि त्यसको निगरानी गर्न सिसी क्यामरा जडान गरिएको पिपलडिही टोल विकास संस्थाको अध्यक्ष कृष्ण रानाभाटले वताए ।


वडाको २ लाख वजेटवाट टोलमा ७ वटा सिसी क्यामरा र ९ वटा सेल लाईट जडान गरिएको हो । ९० घरपरिवार लाभान्वित हुने उक्त सेवा वाट चोरी नियन्त्रण तथा अराजकताको घटनामा नियन्त्रण हुने वडा नं २ का वडासदस्य रमेश क्षेत्रीले वताए । टोलमा दिउँसै चारी हुन थालेपछि वडासँगको सहकार्यमा सिसी क्यामरा जडान गरेका हौ, रातमा टोलवासीको सहजताका लागी सडक वत्ति समेत जडान गरिएको वडासदस्य क्षेत्रीले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.