आदिकवि भानुभक्त क्याम्पसद्धारा रोजगारमा सफल विद्यार्थीहरुलाई सम्मान

व्यास नगरपालिका १ भादगाउँमा रहेको जिल्लाकै प्रतिष्ठित क्यू.ए.ए मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पसबाट २०७९-०८० कक्षा १२- स्नातक-स्नातकोत्तर तह उत्र्तिण गरी हाल विभिन्न पद÷सेवामा स्थायी नियुक्ति लिई पेशामा आवद्ध ५३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

क्याम्पसको सभाहलमा आयोजीत कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हडखले लगायतले उनिहरुलाई सम्मानपत्र, दोसल्ला र अविर सहित सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले आदिकवि भानुभक्त क्याम्पस जिल्लाकै रोजगारी सृजना गर्ने क्याम्पस रहेको चर्चा गरे ।

क्याम्पस प्रमुख महाप्रसाद हडखलेले सफल विद्यार्थीहरुलाई सम्मान गर्न पाउनु गौरवको विष्य भएको बताउदै उज्वल भविष्यको कामना गरे । बाईट २ विद्यार्थी गुनासो परामर्श तथा प्रतिस्थापन समितिका संयोजक विमल खत्रीको सभापतित्वमा सम्पन्न उक्त काईक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, आदिकवि भानभुक्त माविका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुँगाना , सहायक क्याम्पस प्रमुख सागर पौडेल र डा. रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.