राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१० औ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले हाम्रो भाषा धर्म संस्कृति र भूगोल फरकफरक भएता पनि विविधतामा एकता नै नेपालीको पहिचान भएको बताएका छन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१० औ जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति चुँदी रम्घा तनहुँको आयोजनामा शुक्रवार भएको विशेष साहित्यिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डे मुख्यमन्त्री पाण्डेले भोलीबाद हिजोका दिनदेखी नै रहि आएकाले सरकारका तीनै तहल जनताले देख्ने र भोग्ने गरी छिटो सेवा दिने उदेश्यका साथ हरेक कामहरु अगाडी बढाउनुपर्ने बताए । मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले भानुभक्त प्रति स्वदेश तथा विदेशमा उत्तिकै उच्च सम्मान हुनु गर्वको विषय रहेको बताए ।

जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, साहित्यकार विधान आचार्य, राष्ट्रिय विभूति प्रतिष्ठान नेपालका अध्यक्ष राजकुमार थापा लगायतले भानुभक्तले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले व्यासका अध्यता काशीनाथ न्यौपाने साहित्यकारहरु मोदिनी शर्मा, भानु जन्मस्थल विकास समितिका तत्कालिन निर्देशक सम्पा उपाध्यायलाई जन्मस्थलको तर्फबाट सम्मान गरेका थिए भने विधान आचार्य र प्रभा भट्टराईद्धारा सम्पादित भानुभक्तको रामायण पुस्तकको मुख्यमन्त्री पाण्डे, जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्त, कार्यकारी निर्देशक शंकर रानाभाट लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

यसै बिच जन्मस्थल विकास समितिका तर्फबाट आयोजना गरिएको कविता प्रतियोगितामा नवलपूरका कवि दयाराम पौडेल प्रथम, देवघाटका विवेक पराजुली दित्तिय, भानुका विनायक नेपाली तृतिय र भानुकै सुर्यदेवी पौडेल र आयुषा आचार्य सान्त्वनालाई मुख्यमन्त्री पाण्डेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । त्यसैगरी रामायणबाचन प्रतियोगितामा प्रथम, दित्तिय र तृतिय हुने आराध्य ढकाल, स्वधिनता पौडेल, स्तृति आचार्य तथा सान्त्वना हुने विनिषा श्रेष्ठ र रक्षा पौडेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैबिच दुई वर्ष अगाडी जापानमा भएको २४ वटा देश संम्लग्न एसियन चित्रकला प्रतियोगीतामा प्रथम हुन सफल भानु नगरपालिका वडा नम्बर ८ निर्जला आधारभुत विद्यालयका छात्र विनायक नेपालीलाई जापानबाट प्राप्त २ हजार अमेरिकी डलर नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । यसका साथै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेल मेघाबी छात्र विनायक नेपालीको हौसला स्वरुप प्रदेश सरकारबाट ३० हजार नगद प्रदान गरिने बताए । यसैबिच भानु जयन्तीकै अवसरमा तनहुँको भानु घाँसी स्मारक पार्कमा विहान र भानुभक्तको ससुराली गाउँ मानहुँकोटमा पनि विशेष साहित्यिक कार्यक्रम गरी हर्षोउल्लासका साथ भानु जयन्ती मनाइएको जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.