तनहुँ, ३१ असार
तनहुँको व्यास नगरपालिका ३ मा रहेको दमौली अस्पतालमा डिजिटल र्बोड राखिएको छ । दमौली अस्पताल भवन, इमजेन्सी कक्ष, प्रशासकीय भवन, एक्सरे ल्याव र फार्मेसीमा डिजिटल र्बोड राखिएको दमौली अस्पतालले जनाएको छ ।
अस्पतालमा आउने विरामी एवं सेवाग्राहीहरु अस्पतालको कक्ष एवं विभिन्न शाखामा जादा झुक्किने भएको कारण सहजताको लागि उक्त डिजिटल र्बोड राखिएको नर्सिङ निरिक्षक एवं दमौली अस्पतालको स्टोर शाखा प्रमुख दौ कुमारी गुरुङले जानकारी दिइन् । कुल ३ लाखको लागतमा साना ठुला गरी ५ वटा डिजिटल र्बोड राखिएको स्टोर शाखा प्रमुख गुरुङले बताइन् ।

न्युनतम सेवा मापदण्ड कार्यक्रम अन्तर्गत डिजिटल र्बोड राखिएको स्टोर शाखा प्रमुख गुरुङको भनाई छ । दमौली अस्पताल राजमार्ग देखी भित्र भएका कारण आम सर्वसाधारण एवं सेवाग्राहीलाई अस्पताल कहा छ भनेर जानकारी नभएका व्यक्तिलाई पनि र्बोड राखेपछि रातको समयमा पनि अस्पताल चिन्न सहयोग पुगेका समेत उनले बताइ्न् । अस्पतालमा आएका विरामीहरुलाई अस्पतालको कक्ष तथा शाखा चिन्न पनि उक्त डिजिटल र्बोडले सहयोग पुगेको छ ।

दमौली अस्पताल पहिचान नभएका व्यक्तिहरुलाई समेत डिजिटल र्बोडले अस्पताल चिन्न सहयोग पुगेको छ । त्यस्तै विरामी एवं सेवाग्राहीलाई समेत शाखा छुट्याउन सहज भएको दमौली अस्पतालले जनाएको छ ।








