व्यास नगरपलिका वडा नं.११ पेल्याङ सेरामा सोमबारबाट एक महिने पुरुषोत्तम महात्म्य अखण्ड दिप एवं हरिनाम संङकीर्तन महायज्ञ महोत्सव २०८० सुरु भएको छ । उक्त महायज्ञको उद्घाटन गर्दै जिल्ला समन्व्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हिन्दु घर्मको विश्वास अनुसार हामीले पुनरजन्म र पराजन्म दुबै प्राप्त गर्न सकिने बताउदै असल काम गरेर स्वर्ग जाने बाटो तर्फ लाग्नुपर्ने बताउदै अरुको सेवामा लाग्न सबैलाई आग्रह गरे ।



व्यास अन्न क्षेत्रका संरक्षक शान्ति स्वरुपानन्द दामोदरबाबाले धर्मको रक्षामा लाग्न हिन भावनाबाट उठेर अहिंसा, सत्य, क्षमा दिने लगायतका काममा लाग्नुपर्नेमा जोड दिए । बाईट २ व्यास अध्येता काशीनाथ न्यौपानेले यो साउन महिना पुरुसोत्तम महिना भएकोले श्रीकृष्णको भजन, किर्तन, जप ध्यान गरेमा पुष्य प्राप्त हुने कुरामा जोड दिए ।



मनकामना आश्रमका अध्यक्ष राजन अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आश्रमका पूर्व अध्यक्षहरु खडानन्द कैनी, लेखनाथ कैनी, डा रघुनाथ न्यौपाने, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका कार्यबहाक अध्यक्ष प्रेमप्रकाश भट्टराई, व्यास ११ का वडाध्यक्ष दल बहादुर दुरा, पुरोहित समाज तनहुँका अध्यक्ष दुर्गा भक्त अधिकारी, दुम्दुमेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष धर्म गिरी, व्यास १० का निवर्तमान वडाध्यक्ष तुलशीराम सापकोटा, मनकामना आश्रमका आजिवन सदस्य ऋषिराम ढुंगाना लगायतले महायज्ञको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
















