लियो क्लब अफ तनहुँको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । .

उक्त कार्यक्रम को अध्यक्षता लियो कल्ब अफ तनहुँका अध्यक्ष लियो बसन्ती थापाले गर्नु भयको थियो भने प्रमुख आतिथ्यता व्यास नगरपालिका ३ न वार्ड अध्यक्ष अनुप राना ज्युले गर्नु भयको थियो। विशिष्ट अतिथिको रुपमा लायन्स अन्तर्राष्ट्रिय ३२५ एल नेपालका AOG लायन सरोज भण्डारी , AOG MJF लायन कृष्ण मुरारी मिश्र , रिजन कोर्डिनेटर लायन कृष्णहरि गैर्हे लगायत दमौलीमा रहेका विभिन्न क्लबहरुको प्रमुख तथा प्रतिनिधि को उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस जिल्ला कार्य समिती तनहुँले गरेको थियो भने ३० पिन्ट रगत पनि संकलन गरेको थियो।उक्त कार्यक्रमको सहजीकरण यसै क्लबका सचिब लियो मुकेश बिडारी ले गर्नु भयको थियो । क्लवले सामजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको क्लवका अध्यक्ष वसन्ती थापाले वताईन् ।










